नियमित गाजरको जुस खानुको फाइदा

पौष २३, 
गाजर एक पोषकयुक्त खानेकुरा हो। गाजमा प्रचुर मात्रामा फाइबर तथा विभिन्न खालका भिटामिनहरू पाइने गर्छ। त्यसैले गाजर खानु स्वास्थ्यको लागि फलदायी हुने गर्छ। रक्तअल्पता र कब्जियत बाट छुटकरा पाउन सकिन्छ। त्यसैले गाजर लाई दैनिक जुस बनाएर खान सकिन्छ।

मोटा बोलिम बढाउँछ गाजमा क्यालोरी धेरै हुने भएकाले यसको जुस खानु राम्रो हुन्छ। हरेक दिन गाजको जुस खाने गर्नाले तौल घट्नुका साथै शरीरको मोटाबोलिम समेत बढाउँछ। आँखाको लागि राम्रो गाजरमा प्रशस्त भिटामिन ए हुने भएकाले नियमित रुपमा गाजरको जुस सेवनले आँखाको लागि राम्रो गर्छ। आँखा पोल्ने,आँशु आइरहने समस्या भएकाहरूको लागि नियमित रुपमा गाजरको जुस खानु फाइजनक मानिन्छ। छालाको लागि राम्रो गाजरमा भिटामन सी पनि हुने भएकाले गाजरको जुस नियमित रुपमा खाने गर्नाले छालाको लागि राम्रो गर्छ। अनुहारमा पोतो आउने विभिन्न किसिमका दाग भएकाहरूको लागि नियमित गाजरको जुस खानु राम्रो हुन्छ। नियमित गाजरको जुस खाने गर्नाले छाला घाम बाट डड्न बाट समेत जोगाउँछ। कोलेष्ट्रोरोल घटाउँछ कोलेस्ट्रोरोल धेरै हुनेहरुको लागि नियमित रुपमा गाजरको जुस खानु राम्रो हुन्छ। गाजरमा पोटाशियमको मात्रा धेरै हुने भएकाले यसले रगतमा कोलेस्ट्रोरोलको मात्रा नियन्त्रण गर्न सक्छ। जसले गर्दा मुटुको समस्या हुनेहरूको लागि नियमित रुपमा गाजरको जुस खानु राम्रो हुन्छ। गर्भवतिको लागि राम्रो गर्भवति महिलाहरूको लागि नियमितरुपमा गाजरको जुस खानु राम्रो हुन्छ। गाजरका क्याल्सियम पोटाशिम म्याग्नेशयम तथा भिटामिन ए धेरै हुने भएकाले गर्भवतीहरूको लागि गाजरको जुस खानु राम्रो छ। नियमित गाजरको जुस सेवन गर्नाले पेटमा रहेको बच्चाको शारीरक विकास राम्रो हुन्छ।
 

प्रतिकृया दिनुहोस