गाउँघरमा काम नपाए पछि युवा रोजगारको गन्तव्य बन्दै भारत

पौष २३,  
गाउँघरमा काम नपाउने भए पछि डोटीको ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारत तिर जान थालेका छन् । 
पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारत बाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यति बेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारत लगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका लागि जान थालेका छन् । 


युवा रोजगारीको सिलसिलामा घर परिवार छाडेर अन्य मुलुक गए पछि अहिले यहाँका अधिकांश गाउँमा वृद्धवृद्धा र स–साना केटाकेटी तथा महिला मात्रै रहेको केआई सिंह गाउँपालिका–१ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताए । कामका लागि छिमेकी मुलुक भारत जानेमा अधिकांश पढे लेखेका युवा पनि रहेका स्थानीयवासी बताउँछन् । रोजगारी अभावले भारत तिर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी मणिराम विकले गुनासो गरे । गाउँपालिकाले जनता लाई सडक निर्माणमा अवसर नदिएर सडक खन्न करोडौँ रकम डोजर प्रयोगमा खर्च गरे पछि आफूहरू खाली बस्नु भन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । युवाहरू भारत पलायन भए पछि गाउँमा रहेका वृद्धवृद्धा र केटाकेटी लाई स्याहार–सुसार गर्ने मान्छे पनि नभएको बडिकेदार गाउँपालिका–१ का स्थानीयवासी बम बहादुर कलेलले बताए । उनले भने–“युवाहरू भारत पलायन भए, गाउँमा बूढापाका लाई केही भइहाले पनि अस्पताल सम्म पु¥याउने मान्छे नै छैनन् ।” यहाँका स्थानीयवासी कामका लागि भारतको पञ्जाब, बरेली, सिम्ला पहाड, लुधियाना, हिमाञ्चल प्रदेश, मुम्बइ, कोलकत्ता, दिल्ली लगायतका ठाउँमा जाने गरेका छन् ।

प्रतिकृया दिनुहोस