बिद्यालय बन्द गरी गर्ने महोत्सव प्रति विप्लव निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को गम्भिर ध्यानाकर्षण

कैलाली खबर षौष २३ सुखड
बर्दिया जिल्लाको राजापुरमा अवस्थित दशरथ चन्द माध्यामिक बिद्यालय बन्द गरी बिद्यालय को प्राङ्गाणमा १०
दिन सम्म आयोजना हुन लागेको माघि महोत्सव प्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) प्रेश विज्ञत्ति मार्फत गम्भिर ध्यानाकर्षणको बताएको छ ।अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दिया जिल्लाका अध्यक्ष लोकेशराज जोशीको हस्ताक्षर भएको प्रेश विज्ञत्तिमा उद्योग वाजिज्य संघ राजापुरको आयोजनामा बिद्यालय जस्तो शान्तिपुर्ण क्षेत्रमा षौष २७ गते देखी माघ ६ गते सम्म हुन गईरहेको माघि महोत्सव प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको भनिएको छ ।पटक पटकको मौखिक छलफल गर्दा पनि अटेरी गरी उद्योग वाजिज्य संघ र विद्यालय  प्रशासन प्रति खेद प्रकट गर्दछौँ प्रेश विज्ञत्ति उख्लेख गरीएको छ । विद्यार्थीहरुको उज्वल भविष्य माथि खेलवाड हुने तय गरिएको उक्त महोत्वसको अविरम्ब स्थान परिवर्तन  गर्नका निमिन्त पुनःअपिल गर्दछौँ । अन्यथा कडा भन्दा सघर्ष गर्ने व्यवहोरा यसै विज्ञत्ति मार्फत सम्बन्धि पक्षलाई जानकारी गराउदै आन्दोलबाट हुन सक्ने क्षेति सम्बन्धित सरोकारवाला नै जबाफदेही हुने पुर्ने विज्ञत्ति मार्फत भनिएको छ ।

प्रतिकृया दिनुहोस