सांसदको शपथ लिएका रेशम चौधरीको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने

पौष २५, 
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा चुनिएका रेशमलाल चौधरीले कारागारमा बसुञ्जेल पारिश्रमिक, सेवा र सुविधा नपाउने भएका छन् ।


संविधानको धारा १०३ को उपधारा ९६० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य९सांसद० पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदन लाई तत्काल दिने प्रावधान अनुसार बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराले चौधरी शपथ पछि पुनः पक्राउ परेको जानकारी संसद लाई गराएका थिए । उनले भने, ुसंविधानले दिएको अधिकार अनुसार चौधरी लाई शपथ ग्रहण गराइएको थियो । शपथ पछि पक्राउ गरेर फेरि थुनामा राखिएको पत्र संसद सचिवालयमा गृहमन्त्रालयले पठाएको जानकारी गराउँछु । सभामुख महराले प्रतिनिधि सभा नियमावली, २०७५ को ९३० अनुसार संविधानको धारा १०३ को उपधारा ९६० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने जानकारी गराए ।

चौधरी लाई गत पुस १९ गते सभामुखको कार्यकक्ष सिंहदरबारमा सांसदको शपथ खुवाइएको थियो । उनलाई डिल्ली बजार कारागार बाट सिंहदरबार ल्याएर शपथ ग्रहण गराइ सके पछि फेरि डिल्ली बजारमा नै लगेर थुनामा राखिएको छ । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो । उनले चुनाव जितिसकेपछि गत फागुन १४ गते सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए।

चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह ९गरिमा०ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन्। चौधरी र शाह बीचको मतअन्तर २० हजार ९ सय ३५ थियो।

प्रतिकृया दिनुहोस