घर टहरा र खेतीबारी नष्ट गरे पछि करैचाका स्थानियहरु बिचल्लीमा (अडियो रिपोर्ट सहित )

वीरेन्द्र शाह पौष २४ सुखड
कैलाली बर्दगोरीया गाउँपालिका ६ जगतपुरमा रहेको जम्लेहेटा सामुदायक वनले आफ्नो वन क्षेत्र भित्र बनाएका घर टहराहरु हटाएका पछि अहिले पिढितहरु बिचल्लीमा परेका छन । गत शुक्रबारडिभिजन वन कार्यालय पहलमानपुर नेतृत्वमा करिब ५ सय जना उपभोक्ताहरुको साथमा डोजरले बनाएका घर टहराहरु, खेतबारीमा लगायको गहुँ,तोरी र मसुरो नष्ट गरेका थिए । जमिनमा वनेका ८ घर टहरा तथा उनीहरुले लगाएको खेती बालि पनि नष्ठ गरे पछी उनीहरु समस्यामा परेका छन् । खाने बस्ने ठेगान नभएपछी खुल्ला आकासमुनी भोकभोकै वस्न बाध्य भएको उनीहरुले गुनासो गरेका छन ।यता स्थानिय सरकारलले भने पिढितलाई न्याय दिनको लागी सबै पक्ष सगँ छलफल गरेर वास्तिविक कुरा बाहिर आए पछि मात्र राहत दिने बताएको छ । सहकर्मी वीरेन्द्र शाहको एक रिपोर्ट

 

प्रतिकृया दिनुहोस