‘सुदुरपश्चिम प्रादेशिक महोत्सब २०७५’ को सम्पुर्ण तयारी पुरा

अत्तरिया २५ पुस

सुदुरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा यहि पुस २७ गतेदेखी माघ ७ गते सम्म संञ्चालन हुने ‘ सुदुरपश्चिम प्रादेशिक महोत्सब २०७५ ’ को सम्पुर्ण तयारी पुरा भएको छ । “सम्बृद्ध प्रदेशको आधार कृषी ,पर्यटन र ब्यापार ” भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवको शुक्रबार दिउसो २ बजे सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहन राज मल्लले समुद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक उद्योग बाण्ज्यि संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिनुभयो । महोत्सबका लागि महोत्सब परिसरमा सरसरफाई , गेट , पर्खाल , मञ्च र स्टलहरु निर्माण गर्ने , सुरक्षाको ब्यबस्था , सवारी साधनहरु पार्किङ् , खानेपानी तथा अस्थायी शौचालय बनाउने लगाएतका सम्पुर्ण कामहरु पुरा भएको अध्यक्ष देवकोटाले बताउनुभयो । महोत्सबको समुद्घाटन गर्नु अघि यस क्षेत्रका बिभिन्न संघ सस्थाहरुको सहभागितामा अत्तरिया बजारमा र्याली समेत निकालिने छ । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा तोकेपछि प्रदेशको राजधानीमा हुने महोत्सवले यस क्षेत्रमा औधोगिक लगानी भित्र्याउने सन्देश दिने आयोजकको विश्वास रहेको छ। महोत्सबमा १ सय ५० वटा बिभिन्न खालका स्टलहरु रहने छन् । अत्तरीया स्थ्ति लामि ताल परिसरमा आयोजना गरिने महोत्सवमा दर्शकको सुविधाका लागि ३ वटा डुङ्गाको समेत व्यवस्था गरिएको छ । महोत्सबमा दर्जनौ स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिती रहने भएको छ । यसका लागि सबै कलाकारहरुको टुङ्गो लागि सकेको अत्तरिया उधोग बाणिज्य संघका महासचिब एबम् सास्कृतिक संयोजक यज्ञराज जोशीले जानकारी दिनुभयो । यस पटक महोत्सबमा नायक बिराज भट्ट , हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) , चचित गायक राजेश पायल राई ,चर्चित लोक दोहोरी गायक राम जि खाँड , मेलीना राई , चर्चित लोक दोहोरी गायक पशुपति शर्मा , गायक रमेश राज भट्राई , अर्जुन कौशल , चर्चित गायिका ज्याति मगर , रेखा जोशी , सिता गौतम , चर्चित र्याफर राजेन्द्र भट्ट (मि. आर जे) , चर्चित लोक पप गायक चक्र बम , चेतन बहोरा , सुरेश चोखाल , लोकेन्द्र चन्द , जनक ताम्राकार , टंक बोगटी , गाबिन्द साउद , चर्चित देउडा गायक सुरत राबत डोटेली कान्छा र दिपेन्द्र दाहाल रहेका छन् । यसैगरि महोत्सबको कार्यक्रम संञ्चालनमा चर्चित गायिका एबम् उद्घोषिका मञ्जु पौडेल , हेमराज भट्ट र गोपाल सुवेदी रहेका छन् । महोत्सब नजिकिए संगै प्रचार प्रसारलाई पनि तिब्रता दिएको छ । प्रचार प्रसारका लागि दैनिक ५÷६ ओटा अटो तथा स्कारपियो गाडीहरु गाउँ गाउँमा पठाएको उधोग बाणिज्य संघका सदस्य एबम् प्रचार प्रसार समितीका संयोजक दिपिन साउँदले जानकारी दिनुभयो । महोत्सव अवधिभर साढे ३ लाख दर्शकहरुले अवलोकन गर्ने र साढे ३ करोड रकम बराबरको कारोबार हुने आयोजक अत्तरिया उधोग बाणिज्य संघले अपेक्षा गरेको छ ।

प्रतिकृया दिनुहोस