थारु समुदायमा माघि पर्वको रौनक सुरु (अडियो रिपोर्ट सहित)

वीरेन्द्र शाह सुखड २६ पौष
थारु समुदायमा माघ महिना नजिकिए सँगै माघि पर्वको रौनक छाएको छ । माघि १ गतेलाई लक्षीत गर्दै उनीहरु  तयारीमा जुटेका छन् । कैलाली,कञ्चनपुर, बाँके, बर्दिया र दाङमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि यी जिल्लाहरुमा अझ विशेष महत्वका साथ माघी मनाउने गरिएको छ । कैलालीमा माघि पर्वको तयारी धुमधामका साथ भइरहेको बताइएको छ । माघी पर्व आउनु एक महिना अगाडी देखि नै तयारीमा जुटेका उनीहरुले हाल दुना,टपरी,तथा मासुको समेत जोहो गरिरहेका छन् । बिशेष गरी माघिलाई लक्षीत गर्दै  घर वाहिर रहेकाहरु पनी घर फर्किए पछि थारु समुदायमा यसको रौनक निकै बढेको छ । सहकर्मी वीरेन्द्र शाहको रिपोर्ट

 

प्रतिकृया दिनुहोस