माघे सक्रान्तीको अवसरमा कैलालीको बर्दगोरीया धाममा माघीमेला लाग्ने (अडियो सहित)

लोकू सिंह ठकुरी, पौष २६ सुखड
माघे सक्रान्तीको अवसरमा कैलालीको बर्दगोरीया गाउपालिकाको बर्दगोरीया धाममा माघीमेला लाग्ने भएको छ । पौष २७ गतेबाट माघ १ गते सम्म संचालन हुने माघी मेलामा थारु र देउडा संस्कृती झल्कीने झाकि सहित बिभिन्न कलाकारहरुको प्रतुती रहने छ भने रात्रीको समयमा रामलिला समेत संचालन हुने आयोजक बर्दगोरीया धार्मिक तथा संस्कृतीक पर्यटन मेला समितीले जनाएको छ । थारु तथा पहाडी समुदायको प्रसिद्ध चाड माघीको अवसरमा संस्कार र संस्कृती बचाउदै बर्दगोरीया धार्मिक क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले मेलाको आयोजना गरीएको आयोजक समितीका संयोजक हर्क शाहले जनाकारी दिनु भयो । मेलाको मुख्य प्रबद्र्धक बर्दगोरीया गाउपालिका रहेको छ । यसै बिच हामीले आयोजक समितीका संयोजक हर्क शाह संग कुराकानी गरेका छौ । 

 

प्रतिकृया दिनुहोस