कमलहरी सम्बन्धी सरोकारवाल सगँ अन्तरक्रिया कार्यक्रम सुखडमा सम्पन्न

वीरेन्द्र शाह सुखड २६ पौष
कैलालीको घोडाघोडी नगरपालिका सुखडमा कमलहरी सम्बन्धी सरोकारवाल सगँ १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिकाको महिला तथा वालवालिका तथा जेष्ठ नागरीक साखाको आयोजनामा कार्यक्रम भएको थियो । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा १२ ओटै वडा अध्यक्षहरु,विभिन्न सघ संस्थाका प्रतिनिधि,बिगतमा कमलरी बसेका कमलहरु लगायत पत्रकाहरुको सहभागीता रहेको थियो । नगरपालिकाकाले कमलहरी लागी बिनियोजन गरेको १५ लाख रुपैया कसरी,कुन कुन क्षेत्रमा छुट्उदा सहज होला भनेर सरोकारवालहरुको राय सुझाब सल्लाहा माग्नको लागी कार्यक्रम गरेको आयोजकले जनाएको छ । नगरपालिका भित्रमा रहेका कमलहरीको डाटा संकलन गरेर उनिहरुको शिक्षा क्षेत्रमा रकम खर्च गर्न सुझाब आएको छ । बढी जसो कमलहरी बसेकोहरु सब भन्दा बढी शिक्षा दिक्षा लिन बाट बन्चित भएकाले गर्दा त्यो क्षेत्रमा रकम खर्च गर्दा अभ प्रभाबकारी हुने सरोकारवालको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस