स्वास्थ्य संस्थाका भवन अधुरै

पौष २७,
कैलालीको उदासीपुरमा ८ वर्ष अघि निर्माण सुरु भएको स्वास्थ्य भवन अझै अधुरै छ । गत वर्ष काम पूरा नगर्ने लाई कारबाही गर्ने भने पछि ठेकेदार कम्पनीले पुन काम सुरु गर्‍यो  तर पूरा भने गरेन । आशिष एडभेन्चर बूढीगंगा जेभीले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सर्तमा २०६९ सालमा ६ करोडमा ठेक्का सम्झौता गरेको थियो । ‘कारबाही डरले ठेकेदार कम्पनी काममा फर्केको थियो,’ सहरी डिभिजन कार्यालयका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले भने, ‘गृहमन्त्री सेलाए पछि ठेकेदार कम्पनीले निर्माणको काममा फेरि ढिलासुस्ती गरेको छ ।’

उनका अनुसार चाँडै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता सहित २०७४ मा ठेकेदार कम्पनी अन्तिम पटक भन्दै म्याद थप गराएर काममा फर्केको थियो । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम समय गत असोज मसान्त सम्म तोकिएको थियो । बुढाथोकीका अनुसार हाल सम्म उक्त स्वास्थ्य भवनको प्रगति ७० प्रतिशत मात्र भएको देखिन्छ । राजनीतिक दबाबका कारण ९० प्रतिशत प्रगति देखाएर भुक्तानी लिएको पाइएको छ । आशिषका विष्णु कुँवरले भने कार्यान्वयन एकाइका कारण निर्माणमा ढिलो भएको दाबी गरे । २०७१ र ०७२ मा निर्माणको काम सम्पन्न गर्ने गरी काम भइरहेको थियो,’ उनले भने, ‘इस्टिमेटअनुसार भवनको डिजाइन नआए पछि काम रोकिएको हो ।’ उनले कार्यान्वयन एकाइ सँग दोस्रो पटक भएको सहमति अनुसार ०७३ बाट पुुन र्निर्माणको काम अघि बढेको बताए । ‘करिब ७ र ८ प्रतिशत काम बाँकी छ,’ उनले भने, ‘बजेट नआएकोले काम रोकिएको छ ।’

सुदूरपश्चिममा अस्पताल सहित ८५ स्वास्थ्यका भवन निर्माण भइरहेका छन् । ती मध्ये ८० प्रतिशत भवन समयमै सम्पन्न हुन सकेका छैनन् । केही भवन १० वर्ष देखि अलपत्र छन् । निर्माणमा भएको ढिलाइ प्रति स्थानीय तह लगायत सरोकारवाला निकायले समेत पहल गरेको देखिएको छैन ।

‘भवन अभावमा स्वास्थ्य केन्द्र बाट दिइने सेवामा कठिनाइ भएको छ,’ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले भने, ‘भवन निर्माण सम्पन्न नभएका स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर ९ प्रसूति सेवा० सञ्चालनमा ल्याउन सकेका छैनौं ।’ उनका अनुसार नजिकका स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर नहुँदा कैयौं आमा र शिशुको ज्यान गएको छ । हाल निर्माणाधीन स्वास्थ्य केन्द्रको भवनमा बर्थिङ सेन्टर रहेको क्षेत्रीय निर्देशक अवस्थीले जानकारी दिए । भवन अभावले चिकित्सक र कर्मचारीलाई आवासमा समस्या भइरहेकोउनी बताउँछन् ।

स्वास्थ्य भवन निर्माणमा भएको ढिलाइले सुगमको भन्दा दुर्गमका बासिन्दाको स्वास्थ्यमा पहुँच पुग्न नसकेको अवस्थीको भनाइ छ । ‘कैलाली र कञ्चनपुरमा यातायात सुविधाले गाउँका बासिन्दाले पनि ठूला अस्पतालको सेवा पाउन सक्छन्, उनले भने, ‘पहाडमा अझै बिरामी लाई डोलीमा बोकेर अस्पतालल्याउने गरिन्छ । यस्तो अवस्थामा नजिकका स्वास्थ्य केन्द्रबाट प्रसूति सेवा पाउन भवन चाँडै निर्माण हुनुपर्‍यो ।’

सहरी विकास कार्यालयका अनुसार कैलाली र कञ्चनपुरमा भन्दा पहाडी जिल्लामा निर्माणाधीन स्वास्थ्य भवन अलपत्र छन् । कैलालीमा ०६८र६९ मा ठेक्का सम्झौता भई निर्माण सुरु भएका फूलबारी, गोदावरी, लालबोझी र कञ्चनपुरको बेलडाँडी केन्द्रको भवन हस्तान्तरण हुन नसक्दा स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ छ ।

सहरी डिभिजन कार्यालयका प्रमुख सुरेश वाग्लेले धेरै जसो स्वास्थ्य भवन अछाम र बाजुरामा सम्पन्न नभएको बताए । निर्माण छाडेर हिंडेका ठेकेदार कम्पनी लाई कारबाहीको प्रक्रिया सुरु गरेको उनको भनाइ छ । समयमै काम पूरा नगर्ने कम्पनीहरू कारबाही प्रक्रियामा रहेको वाग्लेले बताए । कैलालीको उदासीपुर स्वास्थ्य भवनको जिम्मा लिएको निर्माण कम्पनी कारबाही प्रक्रियामा रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस