स्थानीय तहको सिफासिरमा जग्गा कित्ताकाट गर्न पाइने

पौष २७ 
 सरकारले डेड वर्षअघि लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ । सम्बन्धित स्थानीय तहले खेती योग्य जग्गा होइन भनेर सिफारिस गरे पछि जग्गा कित्ता काट गर्न पाइने भूमि ब्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ता काट खुला गर्नु परेको उनको प्रष्टीकरण छ । २०७४ साउन २६ मा जग्गा  खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस