कृषि अनुदान सहकारी मार्फत दिने तयारी : अर्थमन्त्री

 पौष २७ 
सरकारले कृषि क्षेत्रमा जाने अनुदान सहकारी मार्फत दिने तयारी गरिरहेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन । यस्तो अनुदान व्यक्तिगत रूपमा प्रदान गर्दा दुरुपयोग भएको भन्दै अर्थमन्त्री खतिवडाले कृषिमा मल, बिउविजन तथा प्रविधिमा दिइने अनुदान सहकारी मार्फत दिने गृहकार्य भइरहेको बताएका हुन् । 

राष्ट्रिय सहकारी महासंघको आयोजनामा बिहीबार देखि सुरु भएको सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै डा। खतिवडाले सहकारी मार्फत अनुदान जाँदा प्रभावकारी प्रयोग भई लगानीको प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री खतिवडाले रासायनिक मल, यन्त्र उपकरण, शीतभण्डार वा अन्य प्रशोधनका लागि दिइने अनुदान सहकारीको माध्यम बाट जानुपर्ने र आधुनिकीकरण सहितको कृषि उद्यममा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस