साडेपानि स्वास्थ्य चौकीमा बर्थिङ्क सेन्टर स्थापना भएको ३ महिना मा ३ जना महिलाहरुले सेवा लिए

कैलाली बिरेन्द्र शाह भाद्र ०६ सुखड
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा रहेको साडेपानि स्वास्थ्य चौकीमा बर्थिङ्क सेन्टर स्थापना घए पछि त्यहाँका स्थानिय बासीहरुलाई सुखी भएका छन । २०७५ जेष्ठ १३ गते साडेपानि स्वास्थ्य चौकीमा बर्थिङ्क सेन्टर स्थापना गरीएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी  बाट  बर्थिङ्क सेन्टर स्थापना को लागी केही सामाग्री सहयोग गरेको थियो भने घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले करारमा १ जना दक्ष तालिम प्राप्त कर्मचारी राखेर बर्थिङ्क सेन्टर संचालन गरेको हो ।गर्भवति महिलाहरु बच्चा जम्माउने लागी साडेपानि स्वास्थ्य चौकीमा जाने गरेका छन । 


बर्थिङ्क सेन्टर स्थापना भए पछि अहिले सम्म ३ जना महिलाले मात्र बच्चा जम्माएको साडेपानि स्वास्थ्य चौकी अ.न.मि पुजा रावलले बताउनु भयो । भर्खरै स्थापना भएको हुदा प्रचार हुन सकेको छैन । उनले भनिन“घोडाघोडी नगरपालिका वडा नम्बर ६र८ गाउँमा  बाटोको समस्या हुदा बर्खाको समयमा केही आवात जावात गर्न कठिना हुने गरेको हुदा अब बर्खाको सिजन सकिए पछि सेवा लिने महिलाहरुको संख्यामा बृद्धि हुने उहाँले बताउनु भयो”। साडेपानि स्वास्थ्य चौकीमा बढी जसो घोडाघोडी नगरपालिका वडा नम्बर २,६र८ गाउँमा महिलाहरुले सेवा लिने गरेका छन । 


अन्य ठाउँका गर्भवति महिलाहरुले नजिकै रहेको सुबिधा सम्पन्न घोडाघोडी अस्पताल बाहेक अन्य अस्पतालमा जाने गरेका छन । सरकारी सस्वास्थ्य संस्था मा गर्भवति महिलाहरु नियमति रुपमा चेक जाचँ गर्ने , बिभिन्न औषधी र सरसल्लाहा लिने काम गर्ने गरेका छन । साडेपानि स्वास्थ्य चौकीमा बर्थिङ्क सेन्टर स्थापना भए पछि हामी सगँ भएको सेवा दिने गरेको अ.न.मि रावलले बताउनु भयो ।


घोडाघोडी नगरपालिका भित्र ४ वडा स्वास्थ्थ चौकी र दुई वटा नगर क्लिन रहेका छन । नेपाल सरकार मात्र बाट मान्यता प्राप्त बर्थिङ्क सेन्टरमा महिलाहरुले बच्चा जम्माउदा न्यानो झोला,आमाले लगाउने मेक्सि देखी लिएर बच्चाले लगाउने भोटो पाउने गरेका छन । गर्भवति महिलाहरुले नियमित गर्भ चेक जाचँ गरे बाफत पहिला चार सय अहिले ८ सय पाउने गरेको घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक हेम बहादुर बुढाले बताउनु भयो । बर्थिङ्क सेन्टरमा सुत्केरी भए बाफत पहिला पाँच सय पाउने गरेको र अहिले आएर एक हजार पाउने गरेको संयोजक बुढाले बताए ।
 

प्रतिकृया दिनुहोस