एक दिने निशुल्क आँखा शिविर पहलमानपुरमा सम्पन्न 


बिरेन्द्र शाह सुखड १७ भाद्र
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा ड्याक फाउन्डेशनको सहयोगमा आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा ५३२ जनाको आँखा परिक्षण गरिएको थियो भने १२२ जना अप्रेशन गर्नु पर्ने बिरामीहरुको निःशुल्क अप्रेशनको लागि गेटा आँखा अस्पताल पठाईएको गेटा आँखा अस्पतालका बरिष्ट नेत्र अधिकृत श्री रमेश चन्द्र भट्टले बताउनु भयो । उक्त शिविरमा ४१० जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।

 

शिविरमा आर्थिक अभाव तथा जेष्ठ नागरिक प्रति गरिने बेवास्ताका कारण सेवा लिन अस्पताल आउन नसकेका, मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका बिरामीहरु शिविर शिविरमा भेटिएका थिए । गेटा आँखा अस्पतालका बरिष्ट नेत्र अधिकृत श्री रमेश चन्द्र भट्टको नेतृृत्वमा रहेको १२ जना प्राविधिकहरुको टोलीले आँखा शिविरमा सेवा प्रदान गरेका थिए । प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पतालमा उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई  यस प्रदेशका ९ वटै जिल्लाहरुमा आँखा शिविर संचालन गर्दै आई रहेको छ । शिबिर कान्ति राज्यलक्ष्मी मा वि पहलमानपुरमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस