साडेपानिमा ७ सैयाको साडेपानि पोलिकिल्निक प्रा.लि. संचालनमा

बिरेन्द्र शाह आसोज १३ सुखड
कैलालीको घोडाघोडी नगरपालिका २ जंगपुरमा ७ सैयाको साडेपानि पोलिकिल्निक प्रा.लि. संचालनमा आएको छ । शनिबार एक बिषेश समारोह बिच साडेपानि पोलिकिल्निक प्रा.लि.को उद्घाटन गरीएको हो ।साडेपानि पोलिकिल्निक प्रा.लि.का संस्थापक अध्यक्ष समिर जंग शाहीको सभापत्तिमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका ममता प्रसाद चौधरी रहनु भएको थियो । बिशिष्ट अतिथिमा वडा नम्बर २ का वडा अध्यक्ष हरि राज  बिष्ट,घोडाघोडी उद्योग वाणिज्य संघका  उपाध्यक्ष नन्दराम सापकोटा रहनु भएको थियो ।त्यसै गरी अतिथिहरुमा दशरथ माध्यमिक नमुना बिद्यालका प्रचार्य गणेश बम,घोडाघोडी संरण तथा जनजागरण मंचका अध्यक्ष दिेपेन्द्र बहादुर शाही र बिष्णु प्रसाद उपाध्य लगायहरुको सहभागीता रहेको थियो । घोडाघोडी नगरपालिकाका ममता प्रसाद चौधरीले रिबन काटेर साडेपानि पोलिकिल्निक प्रा.लि. उद्घाटन गर्नु भएको हो ।प्रमुख अतिथिको आसान बाट बोल्दै घोडाघोडी नगरपालिकाका ममता प्रसाद चौधरीले निजि क्षेत्र बाट अस्पतालहरु संचालनमा आउनु भनेको राम्रो कुरा भएको बताउनु भयो । सेवा ग्राहीलाई गुणस्तर खालको सेवा दिन पनि उहाँले साडेपानि पोलिकिल्निक प्रा.लि.लाई आग्रह गर्नु भयो । घर नजिकै राम्रो खालको सेवा सुबिधा पाउने भए पछि स्थानिय खुसी भएका छन ।करिब २५ लाखको लागतमा साडेपानि पोलिकिल्निक प्रा.लि. संचालनको हो । २४ घण्टा डा.प्रकाश तिमिल्सेना र राजेन्द्र फुलाराले सेवा दिनु हुने भएको छ । साडेपानि पोलिकिल्निक प्रा.लि. संस्थापक निर्प विश्कर्माको स्वागत मन्तव्य सगैँ सुरु भएको कार्यक्रमको संचालन कृष्ण बिष्ट गरेका थिए ।

प्रतिकृया दिनुहोस