सुदुरपश्चिमको परिवेश तथा गतिबिधि समेटीएको ‘जर्नी’ नामक डकुमेन्ट्री निमार्ण हुने

लोकू सिंह ठकुरी, १३ असोज सुखड
समुदायमा भईरहेका वास्तबिक घटना, गतिबिधि तथा सुदुरपश्चिमको परिवेश समेटीएको जर्नी नामक डकुमेन्ट्री  निमार्ण हुने भएको छ । जर्नी नामक डकुमेन्ट्री निमार्ण युनिटले शनिबार कैलालीको घोडाघोडी नगरपालीका २ साडेपानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कार्यक्रममा घोडाघोडी नगरपालीका वडा नं. २ का वडा अध्यक्ष हरि राज बिष्ट, घोडाघोडी उद्योग बाणीज्य संघका अध्यक्ष जियालाल आचार्य, इलाका प्रहरी कार्यालय सुखडका केशव बहादुर पातली, स्थानीय समाज सेवी, बुद्धीजिवी, यस क्षेत्रमा संचालीत बिभिन्न डान्स एकेडेमीका प्रशिक्षक तथा बिद्यार्थी लगाएत बिभिन्न मिडीयाबाट पत्रकारहरुको  सहभागीता रहेको थियो ।

एगल डान्स म्युजिक भिडीयो एण्ड फिल्म प्रोडक्सन प्रा.लि.ले निमार्ण गर्न लागेको उक्त जर्नी नामक डकुमेन्ट्री सुदुरपश्चिमका बिभिन्न स्थानमा छायांकन हुने भएको । समाजको यथार्तता तथा सुदुरपश्चिमको परिवेशलाई जर्नी नामक डकुमेन्ट्री मार्फत दर्शाउन खोजीएको र यही यर्थाततामै कथा केन्द्रीत रहेको निर्माण टिमका अनिल शाहीले बताए ।  डकुमेन्ट्री  निर्माणकोलागी ५ देखी ८ लाख सम्मको लागत छुट्याएको र अव केही दिनमा छायांकन शुरु गर्ने पत्रकार सममेलनमा जनकारी गराईएको थियो । डकुमेन्ट्रीमा सबै कलाकारहरु स्थानीय रहने बताईए पनी क–कस्ले के भुमिका पाउने भन्ने बिषयमा भने हाल सार्वजनीक गरीएको छैन । 

प्रतिकृया दिनुहोस