कैलालीमा बोक्सोको आरोपमा  वृद्धमाथी दुव्र्यवहार

धनगढी असोज १९
कैलालीको धनगढी उपमहानगरपालिका–१६ का ७० वर्षीय जोखन डगोरा थारूलाई बोक्सोको आरोपमा दुव्र्यवहार गरिएको छ ।२ असोजमा उनलाई सोही ठाउ“का ५५ वर्षीय भीख्खु चौधरीले जोखनका कारण आफ्नो खेतमा लगाएको धानमा कीरा लागेको भन्दै दुव्र्यवहार गरेको जोखनका छोरा पदमले बताउनु भयो ।

‘बुबा जोखन खेतमा रहेको नालामा राँगालाई पानी खुवाउ“दै थिए, भीख्खु त्यहीँ पुगेर बुबालाई पटकपटक पानीमा चोब्न थाल्यो,’ उनले भने, ‘त्यसपछि चौराहमै ल्याएर बुबालाई नांगेझार पारियो ।एउटै समाजमा बस्नुपर्छ भनेर सुरुमा पीडित परिवार चुपचाप बस्यो । तर उनलाई जहा“ देख्यो त्यही बोक्सो भनेर मारिदिने धम्की दिन थालेपछि नजिकै रहेको कनरी प्रहरी चौकीमा गएर उजुरी दिएको छोरा पदमले बताउनु भयो ।अहिले भीख्खु प्रहरी नियन्त्रणमा छन् । तर, राजनीतिक दलको दबाबमा छुटाउने प्रयास भइरहेको बताउँदै उहाले कानुनबमोजिम सजाय हुनुपर्ने माग गर्नु भयो ।

प्रतिकृया दिनुहोस