सानै उमेरमा बिवाह गर्दाका परिणाम, जिवन र मरणको दोधारमा छिन सिखा

जिवन बिष्ट असोज १९
    घोडाघोडी नगरपालिका वडा नम्वर ८ की सिखा भण्डारी (नाम परिवर्तन) अहिले १८ वर्षीकी भइन ।उनि १४ वर्षीकी हुने वेला घर परिवारले उनको जवरजस्ती विहे गराई दिए ।
कक्षा आठमा पड्दा पड्दै परिवारका अन्य सदश्यहरुले जवर जस्ती विहे गरिदिएपछी पढेर ठुलो मान्छे वन्ने सिखाको सपनामा पुर्ण विराम लाग्यो ।

नचाहेर पनि उनले स्कुल छोड्नु पर्ने वाध्यता आइलाग्यो ।जवरजस्तीको सम्वन्ध वर्ष दिन टिकेन ,विहे गरेको एक वर्ष नपुग्दै सम्वन्ध विच्छेद हुन पुग्यो ।सानै उमेरमा सिखाको जिन्दगीमा परेको यस्तो घटनाले उनी विछिप्त छिन् ,जिवन र मरणको दोदारमा रहेकी सिखा हाल कहिले दिउसै माथकपर्दाथ सेवन गरेर हिडछिन त कहिले एक्लै वरवराउदै हिडीरहेको छिन् ।
शिखाको जस्तै वेदना को कथा छ धनगडी की तारा साउदको पनि (नाम परिवर्तन) आज भन्दा करिव ५ वर्ष अगाडी १४ वर्षको उमेरमा ताराको विहे भयो ।धनगढीमा कक्षा ७ मा पढ्दै गरेकी तारा कारणवस आफ्नो पहाड डोटी जानु पर्याे डोटीमा वस्न थालेको केही महिना पछी ताराको त्यहीकै एक युवक सँग माया वस्न पुगेछ ।त्यो कुरा ताराको घर परिवारले पनि थाहा पाएछन् ।घरकी सौतने आमा र वुवाले छोरीले भएको इज्जत पनि फाल्छे भनेर विहे गरिदिएका रहेछन् ।
विहे भएको २ वर्ष सम्म त तारा र उनको श्रिमान को सम्वन्ध राम्रै थियो तर पछी विस्तारै विस्तारै विग्रिदै गयो ।उनीहरुको विचार फरक सोचाई फरक हुन थाल्यो । भए नभएका आरोप लगाउदै दिनहु  ताराको श्रिमानले मानसिक तथा शारिरीक रुपमा यातना दिन थाल्यो ,पिट्दा कराउछे भनेर मुखमा दोपट्टा वानेर पछी यातना दिन्थ्यो रे उनको श्रिमानले ।
ताराको जस्तै समस्या ताराकी की छिमेकी कल्पना भण्डारी (नाम परिवर्तन )को रहेछ ।तारा र कल्पनाको भेट हुदा आ–आफ्ना दुःखका वेदना एक अर्का सामु पोख्थे ।घरमा श्रिमानले सहनै नसक्ने गरी यातना दिन थालेपछी एक दिन तारा र कल्पना दुवै जनाले घर छोडेर हिड्ने सल्लाह गरे र सल्लाह अनुसार नै घर छोडर फेरी पुरानै शहर धनगडी पुगे उनिहरु ।धनगढीमा ताराका माइतीहरु वस्थे तारा र कल्पना ले अव कोही आफन्तको मा नगई आफैलेनै केही गरेर वस्ने अठोट गरे ।
उनिहरु काम खोज्न धनगढीको गल्ली गल्ली भौतारीन थाले,नभन्दै धनगढीकै एक रेष्टुरेण्डमा काम पनि गर्न थाले ।यो क्रम चल्दै गयो तारा र कल्पना आफ्ले कमाएर कोठा भाडामा वसे ।उनिहरुले धनगढीका करिव ६÷७ वटा रेष्टुरेण्डमा काम गरे ।अहिले पनि उनिहरु धनगडीमै छन ।
तारा भन्छीन सानैमा विहे गर्दा जिन्दगी विग्रीयो ।जिन्दगीमा पढेर ठुलो मान्छे वन्ने सपना थियो सपनै रह्यो ।म सानै हुदा मेरो आमा वुवालाई छोडेर अर्कै सँग जानु भयो, वुवाले पनि अर्की आमा ल्याउनु भयो ।सौतने आमाको रात दिनको किचकिचले वाक्क भइसकेकी थिए ।मेरो माया वसेको थाहा पाएर विहे गराई दिए ।विहे गरिसके पछी पनि २ वर्ष सम्म त ठिकै भयो ।त्यसपछी त यातना सहनै नसकी घर नै छोड्नु पर्याे ।
उनि भन्छीन तर पनि ठिकै छ जे हुनु भइहाल्यो पहिला भन्दा म अहिले धेरै खुसी छु पड्ने सपना अधुरै भएपनि जेहोस नाच्ने सपना पुरा गर्न पाए ।आज भोली त आफुलाई जे गर्न मन लाग्यो गर्न पाईन्छ ।कसैको हेपाई,चपाई ,दवाव  हुदैन स्वतन्त्र छु पहिला भन्दा खुसी छु ।
  तारा सँगै आज भन्दा २ वर्ष पहिला आफ्नो घर परिवार छोडेर धनगढी आएकी कल्पना को अहिले एउटा छोरी छ ।तर त्यो छोरीको वावु कता छ केही पत्तो छैन् ।श्रिमान विना नै छोरी पाई भनेर छिमेकी हरु कुरा काट्छन् ।कल्पना आफ्नो दुःख लुकाउने प्रयास गर्दै थिइन ।तर उनी असफल भइन  कल्पनाका आखा भरी आसु भए ,उनले रुदै भनिन् ।जिवनको कुनै मोडमा यस्तो दुःख पाउला भनेर सोचेकी पनि थिइन् ।सानै मा विहे भयो ।विहे भएको केही समयमै सम्वन्ध विग्रीयो घर परिवार छोडर यहा धनगढी सम्म पुगे ।अहिले यो हालत छ ।कल्पनाले जन्माएकी छोरी कस्की हो उनले खुलाउन चाहिनन् ।
यि त हाम्रा समाजका केही उदाहरण मात्र हुन यि ,बालबिवाहका घटना हाम्रो समाजमा दैनिक घटिरहेकै हुन्छन् ।
वाल विवाह बढ्दो क्रममा रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।न्यूनिकरणका लागि आवश्यक पहल नथालिए भयावह स्थिती पनि निम्तिन सक्ने उनिहरु बताउछन् ।

घोडाघोडी नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष पर्ना चौधरीले सामाजिक चेतनाको कमीले गर्दा समाजमा बाल बिवाह कायमै रहेको  बताए ।वालविवाह लाई कानुनले मान्यता नदिएपछी सानै उमेरमा विवाह गराइदिने चलन हराए पनि समाजमा लुकी छिपी  घटना घटिरहेको उनले बताए ।
उनले भने समाजमा बालबिबाहको अवस्था डर लाग्दो छ यसको न्यूनिकरणका लागि सरकारी निकाय,संघसंस्था,वालवालिकाका अभिभावक लगायतले भूमिका निर्वाह गर्नु  पर्छ हैन भने जति नै न्युनिकरणका कुरा गरे पनि यस्तै हो ।विपरित लिङ्गीप्रतिको आकर्षण विद्यालय उमेर समूहका वालवालिकाहरुमा हुने भन्दै उहाँले अधिंकास वालवालिकाले उमेर नपुगी विवाह गर्ने गरेको चौधरीले बताए ।

विद्यालयमा नियमित नजाने कारणले पढाई कमजोर हुने ,परीक्षामा असफल हुने,पारिवारीक बेमेल भएका परिवारमा मायाँको खाँचो हुने,गरिवीबाट मुक्त हुने प्रयास र प्रजनन् स्वास्थ्यको सवालमा वालवालिकालाई अभिभावकले खुलेर कुराकानी नगर्ने कारणले वाल विवाह हुने गरेको स्थानिय शिक्षक शंकर सञ्जाल बताउछन् ।यसले गर्दा वालवालिकालाई वाल विवाह गर्दा शारिरीक र मानसिक असर पर्ने र शिक्षा लिने अवसरबाट बञ्चित हुनेसँगै सामाजिकीकरणमा पनि गम्भिर नकारात्मक असर पर्ने शिक्षक संञ्जाल ले  बताए ।
कानुनमा वालविवाह गर्ने र गराउने भूमिकामा रहनेलाई जेल सजाय र जरिवानाको पनि व्यवस्था भए पनि बालबिवाहमा खासै न्यूनिकरण नआएको उनले बताए  ।
नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिए पनि हाम्रो समाजमा अधिंकासहरुको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ। वाल बिबाहको मुख्य कारक तत्व गरिवी,असिक्षा,तथा घरेलु हिसा नै मानिएका छन् यसका अलावा धर्म कमाउन,समाजिक प्रतिष्ठा कायम गर्न,मान्यजनको समान गर्न,छोरीको सुरक्षागर्न,यौन चाहाना भएर तथा प्रविधीको दुरुपयोगलले वाल विवाह भइरहेका छन् ।

बालविवाह भनेको केटा ÷केटी वा दुबैको उमेर १८ वर्ष पूरा नभई गरिने विवाह हो ।नेपालको कानूनद्वारा निषेध गरिएकोले बालविवाह एउटा अपराध हुनुका साथै मानवअधिकारको हनन् समेत हो । नेपालमा अझै पनि बालविवाह चिन्ताजनक अवस्थामा छ ।हाम्रो समाजमा केटाको उमेर भन्दा सानो उमेरकी केटी बिहे गर्ने चलन अझै पनि पाईन्छ।यस्तो बिहेलाई अनमेल बिबाह पनि भनिन्छ ।सानो उमेरमा हुने विवाहका दुष्परिणामहरूले समाज आक्रान्त छ ।चेतना विकास नहुनु गरिवी असिक्षा तथा प्रविधीको दुरुपयोगका कारण बालबिवाह कायमै रहेको नेपाल रेडक्रम सोेसाइटी घोडाघोडी उपशाखा सभापत्ति दिनेश कमार लामिछानेले बताए ।
उनले भने बाल बिवाह अझै पनि समाजमा रहनु लाई म दुई थरी वाट हेर्छु ,पहिलो अशिक्षीत तथा गरिव अभिभावका छोरी छोरी ,यहा अन्ध विस्वासमा रही कु प्रथालाई अंगालीन्छ  फलस्वरुप बालबिवाह हुन्छ अनि यहा गरिवीका कारण आवश्यकता परिपूर्ती गर्न सकिदैन परिवारमा बेमेल हुन्छ हिंसाको वातावरण सृजना सँगै बालबिवाह हुन्छ ।अर्को शिक्षित तथा सम्पन्न परिवार ,यँहा अभिभावक तथा सम्पुर्ण घर परिवार शिक्षित तथा सु सम्पन्न हुदा हुदै पनि बालबिवाह भैरहको हुन्छ ,उनले भने यस्तो परिवारमा प्रबिधिको वड्दो दुरुपयोगले यस्तो समस्या सृजना हुन्छ ।अभिभावकले राम्रो चाहादा चाहदै पनि बालवालिकाहरु बड्दो प्रबिधी तथा फेसनका कारण बालबिवाहको सिकार बन्छन् ।
समाजिक विकासको लागी सचेत समाज धनगढी की  फिल्ड मोभिलाईजर दमायन्ती वोहोरा अलि केही फरक बिचार राख्छीन् उनि भन्छीन धर्म कमाउन,समाजिक प्रतिष्ठा कायम गर्न,मान्यजनको समान गर्न,छोरीको सुरक्षागर्न,यौन चाहाना भएर तथा प्रविधीको दुरुपयोगलले वाल विवाह भइरहेका छन् ।
विवाह एउटा प्रक्रिया हो जसका माध्यमबाट दुई व्यक्तिले आफ्नो सम्बन्धलाई सार्वजनिक, औपचारिक र स्थायी बनाउँछन् । कानूनी  तथा सामाजिक मुल्य मान्यता बमोजिम दुई फरक लिङ्गका व्यक्तिबीचमा सम्बन्ध स्थापित गरी घरबार बसाउनु नै विवाह हो ।तर सानै उमेरमा हुने विवाहले स्वास्थ्य नै जोखिममा पर्ने तथा श्रिमान श्रिमतीको विचार नमिल्दा सम्वन्ध विच्छेदका घटनाहरु  घट्ने गरेको उनले बताइन् ।उनि भन्छीन बालबिवाहले बिहे गर्दा स्वास्थ्यमा ठुलो असर पर्ने,आमावाट जन्मेको बालबालिकामा कुपोषण देखीने ,आमा तथा बच्चाको स्वास्थ्यमा ठुलो असर पर्ने हुन्छ ।

उनले थपीन   सानै उमेरमा विहे गर्दा पछी परिपक्क भइसकेको पछी श्रिमान श्रिमतीका विचार नमिल्दा विभीन्न खाले हिंसा तथा सम्वन्ध बिच्छेदका घटना घट्ने गरेको पनि देखेको छु ।

वालविवाह गर्दा बिभिन्न नकरात्मक  असरहरू पर्ने  घोडाघोडी अस्पताल सुखडका डा. खेम चौधरीले बताए ।उनले भने १८ बर्ष नपुग्दै सुत्केरी हुँदा रक्तश्राव भई मर्ने सम्भावना ३ देखि ५ गुणा बढी हुन्छ ।  नेपालको मातृमृत्युको प्रमुख कारण पनि यहि हो । 
यस्तो अवस्थामा सुत्केरी हुदा अत्याधिक रगत बग्ने,आङ खस्ने समस्या,योनीबाट दिसा पिसाब चुहिने अवस्था मुत्र थैली पाठेघर मुत्रथैली र योनिमार्ग बिचमा प्वाल पर्ने समस्या हन्छ ।

डा. चौधरी भन्छन् सानै उमेरमा बच्चा जन्माउने बेलामा लामो बेथा लाग्दा योनिमार्ग र मुत्रथैली वा मलमार्ग बिचमा बच्चाको टाउकोले धेरैबेर थिच्दा पछि गएर मासु कुही प्वाल पर्छ । सोही प्वालबाट दिसा वा पिसाब चुहिन्छ ।सानो उमेरमा यौन सम्पर्कको परिणाम पाठेघरको मुखको क्यान्सर हुन्छ ।

बालविवाहका कारण मानसिक समस्या धेरै हुन्छन् । गर्भवती भएका कारण डिप्रेसन हुने र त्यसका कारण मृत्यु हुने संख्या धेरै छ । नेपालि समाजमा बाल बिवाहको स्तीथी डर लाग्दो छ ।हेरक १०० किसोरीहरुमा ३० किशोरीको १८ वर्ष भन्दा सानो उमेरमा विवाह भइरहको छ ।

यस्तो अवस्थामा बालविवाह न्युनिकरणको लागी त्यसको असरसम्बन्धी जनमत तयार गर्ने,किशोरकिशोरी बीच बालविवाहका असर सम्बन्धी छलफल गर्ने,स्वेच्छाले गरिने सानो उमेरको विवाह निरूत्साहित गर्न कानूनीरूपमा कारवाही हुने कुराको बोध गराउने तर्फ सरोकारवाला लाग्नु पर्ने घोडाघोडी सहायता केन्द्रकी उपाध्यक्ष डम्मरा कुँवर रावल बताउछिन् ।

उनि भन्छीन सके सम्म त सानै उमेरमा बिवाह गर्नु दिननु नै हुदैन यदि भइहाले छ भने सानो उमेरमै विवाह भएका छोराबुहारी, छोरीज्वाइँ आदिलाई सानो उमेरमा बच्चा नजन्माउन प्रेरित गर्नु पर्छ ।उनले थपिन् किशोरकिशोरीलाई असल मान्छे बन्ने, आफ्नो खुट्टामा उभिएपछि मात्र बिहे गर्ने, परिवार योजना बनाउने, सन्तान थोरै जन्माउने जस्ता कुरामा प्रेरित हामीले गर्नु पर्छ ।

घोडाघोडी सहायता केन्द्रकी उपाध्यक्ष डम्मरा भन्छीन हाम्रो गाँउ ठाउमा हुने हरेक बैठकको छलफलमा सानो उमेरमा हुने विवाह र गर्भधारणका कारण तथा असरहरूलाई छलफल गर्ने गर्नु पर्छ ।बाल बिवाह न्युनिकरणको लागी अभियान छलफल तथा बहस चलाउन सके प्रभावकारी बन्ने उनको धारणा छ ।


 

प्रतिकृया दिनुहोस