दशैँ खर्च लिन आउन पत्रकारहरुलाई सञ्चारमन्त्री गोकुल बाँस्कोटाको निम्तो

काठमाडौं

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालका पत्रकारलाई दशैँ खर्च लिन सार्वजनिक आह्वान गरेका छन्। उनले बिहीबार संसदको विकास समितिमा उक्त समितिको बैठकको समाचार संकलनका लागि उपस्थित भएका पत्रकारहरुलाई यसरी दशैँ खर्च लिन सार्वजनिक रुपमा आह्वान गरेका हुन्।संसदीय समितिको बैठकको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई पूर्व पत्रकार समेत रहेका सञ्चारमन्त्रीले हप्कीदप्कीसहित यसरी पत्रकारलाई पैसा लिन आह्वान गरेको समाचारले समग्र पत्रकारहरुको अपमान भएको महसुश नेपाली पत्रकारहरुले गरेका छन्।सो समितिमा उनलाई पनि बोलाइएको थियो र नेपाल टेलिकममा दिगम्बर झाको नियुक्ति किन गर्नु परेको हो भनेर उनीसँग समितिले स्पष्टीकरण लिएको थियो। त्यस क्रममा उनले सांसद तथा समितिका सभापतिलाई समेत हप्कदप्की गरेका थिए । तर त्यस निर्णयबाट रिसाएका सञ्चारमन्त्रीले भने रिस पत्रकारसँग पोखेका थिए। केही समयअघि एक दैनिक पत्रिकाले दिगम्बर झाको नियुक्तिमा सरकारले २० करोड रुपैयाँ खाएको भनी समाचार छापेको थियो। तर सो समाचारको रिस उनले पत्रकारसमक्ष पोखेका छन्। सो समितिमा उपस्थित पत्रकारहरुतर्फ चोर औँला ठड्याउँदै उनले भने– एउटा आफूलाई ठूलो हूँ भन्ने मिडियाले उक्त नियुक्तिमा २० करोड घोटालाको समाचार लेख्यो। हो, लेखे हुन्छ मलाई समाचारले छुँदैन किनभने म पनि पहिला पत्रकार नै हूँ। त्यसैमा पत्रकारलाई उनले भने–हो, तपाईँहरुलाई पनि दशैँ खर्च चाहिन्छ भने लिन आउनुहोला।मन्त्री बाँस्कोटाको यो समाचारले मुलुकको पत्रकारिताल जगतको अपमान गरेको पत्रकारहरुले बताएका छन्। सञ्चारमन्त्रीजस्तो व्यक्तिले यसरी सार्वजनिक रुपमा मात्र नभएर मिनि संसद नै मानिने संसदीय समितिको बैठकमा पत्रकारलाई दशैँ खर्च लिन म कहाँ आउनु भन्नुले समग्र पत्रकारिता जगतलाई नै होच्याएको महसुश गरेका छन्। 

प्रतिकृया दिनुहोस