काँछै माया जाल देउडा गीतको भिडियो सार्वजनिक

रेडीयो कैलाली, २० अशोज  सुखड,

सुदुर तथा मध्यपश्चिममा गाईने प्रख्ष्यात देउडा गीतको संरक्षण गर्दै देउडा गायक सज्जन धामीको देउडा गीत कहाँ छै माया जालको भिडियो सार्वजनिक भएको छ । गीतमा धामी र इरानी सुन्दरी भामको स्वर रहेको छ । सज्जन धामीकै शव्द सिर्जना रहेको सो गीतको लय भने दिपक संगम विसीले गरेका छन ।  गीतमा कैलालीको घोडाघोडी ताल देखी मुगुको रारा ताल सम्मको पर्यटकीय कुरासँगै माया पिरतीको कुराको उठान गरेका छन् ।  निकै लोकप्रिय रहेको अछामको पञ्चदेवल, बझाङको अपीसैपाल हिमाल र बाजुरामा पर्ने बडिमालिका र चार जिल्लालाइ्र्र जोड्ने खप्तडको ऐतिहासिक पर्यटनको विकासका कुरालाई गीत मार्फत चिनाउन खोजेका छन् ।

प्रतिकृया दिनुहोस