कैलालीको घोडाघोडी नगरपालिकाका ब्युटीपार्लर ब्यवसायीहरु संगठित हुदै

लोकू सिंह ठकुरी, २० असोज सुखड,
कैलालीको घोडाघोडी नगरपालिकामा ब्युटीपार्लर ब्यवसाय गरीरहेका ब्यवसायीहरु संगठित हुन थालेका छन । घोडाघोडी नगरपालिकाका बिभिन्न बजारहरुमा ब्युटीपार्लर ब्यवसाय गरीरहेका ब्यक्तीहरुको बैठक बसी शनिबार १९ सदस्यीय घोडाघोडी नगरस्तरीय सौन्दर्यकला ब्यवसायि संगठन गठन गरीएको छ । जस्को अध्यक्षमा साबित्रा आचार्य, उपाध्यक्षमा भावना भट्टराई, सचिवमा जोन शाही, सह-सचिवमा साईरन चौधरी, कोषाध्यक्षमा मनिसा शाही चयन भएका छन । सदस्य तर्फ रुपा चौधरी, कृष्णा चौधरी, प्रतिक्षा चोधरी, रेखा कठरीया, ज्योती बि.क., रेखा चौधरी, सिता बिश्वकर्मा लगाएतका चयन भएका छन ।

शनिबार बसेको बैठकले हरेक महिनाको पहिलो शनिबार आन्तरीक बैठक बस्ने र प्रति ब्यक्ती मासिक ५ सय रुपैया संकलन गर्ने निर्णय गर्दै ब्युटीपार्लर ब्यवसायबाट दिईने बिभिन्न सेवाको दर/रेट समेत कायम गरेको छ । संगठनले सेवाको रेट कायम गर्दा जुन पार्लरमा गएपनी एउटै दर/रेट हुने भएकाले ग्राहकहरु ठगिनबाट बच्ने उपाध्यक्ष पदमा चयन भएकी भावना भट्टराईले बताईन । यो संगठनले ब्यवसायिहरुलाई एक आपसमा आत्मियता कायम गर्दै शसक्त हुन सहज हुने भन्दै अध्यक्ष साबित्रा अचार्यले अब चाडै यस संस्थालाई नगरपालिका तथा घरेलुमा दर्ता गर्ने योजना रहेको जानकारी दिएकी छन । यसरी बिभिन्न क्षेत्रका ब्यवसायिहरु संगठीत हुदा आफना हक अधिकार शुरक्षित गर्न सहज हुनुका साथै महिला शसक्तीकरणमा समेत जोड हुने भएकाले यो संस्था गठन गर्न आवश्यक रहेको ब्यवसायिहरुले बताएका छन ।      
 

प्रतिकृया दिनुहोस