घोडाघोडी नगरपालीका ९ रतीपुरमा निर्मीत पुलको रकम निकासामा बिवाद

जिवन बिष्ट सुखड असोज २१
कैलालीको घोडाघोडी नगरपालीका ९ रतीपुरमा निर्मीत पुलको रकम निकासामा बिवाद उत्पन्न भएको छ ।२०७४ जेठ १६ गते उपभोक्ता समिती मार्फत ३५ लाख ९८ हजारमा पुल निमार्णको सम्झौता बमोजिम पुल असार मसान्तमै पुल निमार्ण सम्पन्न भए पनी साउन १९ गतेको बाढीले पुलको एउटा पिल्लर भत्काए पछी रकम निकासामा विवाद देखीएको छ ।

पुल निमार्ण बाफत उपभोक्ता समितीले १९ लाख पाए पनी अझै करिव १६ लाख भुक्तानी गर्न बाकी रहेको शिव गंगा पक्की पुल निमार्ण उपभोक्ता समिती अध्यक्ष लोकेन्द्र शाहीले बताउनु भयो ।सम्झौता बमोजीम कुनै लापरवाही बिना नै पुल निमार्ण सम्पन्न गरीसकेपनी अनुगमन गरी पास गर्न नगरपालीकाले आलटाल गरीरहेको उहाले बताउनु भयो ।


पुल भत्कीनुमा उपभोक्ता समितीको कुनै लापरवाही नरहेको उहाले बताउनु भयो ।साउन १९ गतेको वाढीले देशका विभीन्न ठाउमा क्षती पुयाएको बताउदै उहाले सोही बाढीले वडा नम्वर ९को पुलमा पनी क्षेती पुयाएको उहाले दावी गर्नु भयो ।पुलको स्थलगत अनुगमन गरी उपभोक्ता समितीको कुनै त्रुटी भेटीए जस्तो सुकै कारवाही सहन तयार रहेको उहाले बताउनु भयो ।नगरपालीकाले पुलको वारेमा कुनै आधीकारीक धारणा बनाउन नसकेको उहाले आरोप लगाउनु भयो ।नगरपालीकाले उपभोक्ता समीतीवारे कुनै चासो नदिएको उहाको भनाई छ ।


रकम निकासा सम्वन्धमा विवाद बड्दै गए पछी उपभोक्ता समिती ओन्दोलीत बनेको छ ।नगरपालीकाले पुलको विषयमा कुनै चासो भदिए पछी आफुहरुले सडक आन्दोलन थालेको उहाले बताउनु भयो ।आन्दोलन स्वरुप आज पुल स्थीतबाटो पूर्ण रुपमा बन्द गरेको र भोली वडा नम्वर ९ को वडा कार्यालयमा ताला लगाइने र  २४ गते नगरपालीकामै ताला लगाइने उहाले बताउनु भयो ।आफुहरुको आन्दोलनमा सम्पुर्ण वडा वासीको साथ रहेकाले आन्दोदन चर्काउने अथवा वातावरण शान्त बनाउने जिम्मा स्थानिय सरकार सँग रहेको उहाले बताउनु भयो ।

प्रतिकृया दिनुहोस