खेल क्षेत्रमा राजनिती हाबि, क्षमतावान खेलाडी बिस्थापित : सडकपुर बौनिया युवा क्लवका अध्यक्ष प्रकाश साउद

लोकू सिंह ठकुरी, २२ असोज सुखड, 
नेपालको खेल क्षेत्रमा पनी राजनितीले जरो गाडेकाले प्रतिभावान खेलाडीहरु बिस्थापित हुनु परिरहेको सडकपुर बौनिया युवा क्लवका अध्यक्ष प्रकाश साउदले बताएका छन । रेडीयो कैलालीबाट प्रशारण हुने कार्यक्रम कैलाली बिशेषमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन । बिभिन्न ठाउमा हुने खेलाडी छनौटका कार्यक्रमहरुमा नाताबाद र कृपाबाद मात्र नभएर राजनिती बढी हाबी हुने भएकाले क्षमतावान खेलाडीहरुले अवसर गुमाउने र त्यसको प्रत्यक्ष असर देशको राष्ट्रिय टिममा समेत पर्ने उनले दाबि गरेका छन । अविभावकहरु शिक्षित नहुनु, आर्थिक अवस्था कमजोर हुनु, खेल मैदान तथा अवश्यक समाग्री नहुनु, खेल क्षेत्रलाई खासै महत्व नदिनु जस्ता बिभिन्न कारणले सुदुरपश्चिम क्षेत्रको हकमा खेल क्षेत्रमा निकै चुनौती रहेको भन्दै नया खेलाडी उत्पादनमा समेत समस्या उत्पन्न भईरहेको उनले बताए । बिशेष गरी बर्दगोरीया गाउपालीकामा खेल क्षेत्रको बिकाशका लागी आफुहरु लागी रहेको उनले जानकारी दिए । 
युवाका बिभिन्न कार्यक्रम तथा खेलकुद क्षेत्रलाई बिकाश गर्नका लागी बर्दगोरीया गाउपालिकाका अन्य बिभिन्न क्लवहरु संग समोनय गर्न असहज भईरहेकाले अब चाडै गाउपालिका स्तरीय खेलकुद बिकाश समिती गठन गर्ने आफनो योजना रहेको उनले बताए ।सडकपुर बौनीया युवा क्लवले खेलकुदका साथै समाजमा बिद्यमान कुरीती, कु-संस्कारलाई अन्त्य गर्नका लागी पनी बिभिन्न कार्यक्रमहरु गरीरहेका बताउदै स्थानीय तहबाट बिनियोजन हुने युवा लक्षीत कार्यक्रमको बजेटमा पनी आफनो प्रत्यक्ष सहभागीता हुने र समुदायका बिभिन्न भौतीक बिकाशका योजनामा समेत निगरानी गर्ने गरेको उनले बताए । सरोकारवाला निकायहरुको ध्यान समयमै जाने हो भने बर्दगोरीया गाउपालिकामा खेलकुदको सम्भावना प्रवल रहेको र खेलकुदमा संलग्न भएको युवा बिभिन्न कुलतबाट टाढा रहेने उनले जिकीर गरे । 

 

प्रतिकृया दिनुहोस