घोडाघोडी बहुमुखी क्यामपसका ११ कक्षाका विद्यार्थीलाई स्वागत

कैलालीको सुखडमा अवस्थीत घोडाघोडी बहुमुखी क्याम्पसले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । सुखडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल घोडाघोडी बहुमुखी क्याम्पसका कक्षा १२ का बिद्यार्थिहरुले आज एक कार्यक्रम गरी  कक्षा ११का विद्यार्थीहरुलाई स्वागत गरेको हो । कक्षा १२ का बिद्यार्थी कृष्ण प्रसाद सुवेधीको सभापतीत्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथीमा क्याम्पस प्रमुख दिनेशराज जोशी रहनु भएको थियो ।कार्यक्रमलाई सम्वोधन गर्दै उहाले घोडाघोडी बहुमुखी क्याम्पस यस क्षेत्रकै अग्रेजी माध्यम बाट पढाई हुने पहिलो क्याम्पस भएको बताउनु भयो ।साथै उहाले क्याम्पसमा ब्यवहारिक रुपमा पठनपाठन गराउँदै आएको भन्दै विद्यार्थीहरुलाई रोजगारका लागि सहज हुने दावी गर्नु भयो । किताबी ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान आवश्यक पर्ने भएकाले घोडाघोडी बहुखुखी क्याम्पसले व्यवहारिक ज्ञान दिने गरेको उहा बताउनु भयो  । कार्यक्रममा सहायक क्याम्पस प्रमुख भवानी प्रसाद तिवारी,नारायण प्रसाद अम्मै,प्राध्यापक संघ सभापती दिपीका भट्ट,व्यवस्थापन संकाय बिभागीय प्रमुख बिरेन्द्र कुँवर,अनुसन्धान बिभाग प्रमुख पुष्पराज जैशी,परिक्षा बिभाग प्रमुख गणेश ढकाल लगायतले विद्यार्थीहरुको प्रगतिको कामना गर्नु भएको थियो । त्यस अवसरमा कक्षा ११ का बिद्यार्थिहरुले विद्यालयमा इमान्दार भएर गुणस्तरीय शिक्षा लिने बताएका थिए। कार्यक्रममा विभिन्न प्रतिभा पनि प्रस्तुत गरिएको थियो । हेलन बिनाडीको स्वागत मन्तब्य ब्यक्तबाट सुरु भएको स्वागत कार्यक्रमको सञ्चालन कक्षा १२ का बिद्यार्थि सावित्रा देवकोटा र पूर्ण बलमे गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस