लोपोन्मुख प्रजातिको कछुवा घोडाघोडी तालमा छाडीयो 

लोकू सिंह ठकुरी, २४ असोज सुखड,
कैलालीको घोडाघोडी तालमा बुधवार एक लोपोन्मुख प्रजातिको कछुवा छाडीएको छ । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी, घोडाघोडी पर्यटन बिकाश बोर्डका उपाध्यक्ष डि.आर चौधरी, पत्रकार तथा स्थानियहरुको संलग्नतामा करिव २ किलो ग्राम तौल भएको सप्ट सेल सर्कल जातको उक्त कछुवा घोडाघोडी तालमा छाडिएको हो । बर्दियाको कोठियाघाट नजिक स्थानीयहरुले माछा मार्ने क्रममा अत्यन्तै लोपोन्मुख प्रजातिको उक्त कुछुवा समातेको र आउदै गर्दा आफुले देखेपछी स्थानियलाई अनुरोध गरी संरक्षणको लागी आफुले लिएर आएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले बताए । बिभिन्न चरा, गोही, अजिंगर, कछुवा लगाएत बिभिन्न प्रजातिका जीवहरुको बास स्थान घोडाघोडी ताल क्षेत्र भएकाले यस्ता लोपोन्मुख जीवहरुको संरक्षणका लागी आफुहरु निरन्तर लागी परेको घोडाघोडी पर्यटन बिकाश बोर्डका उपाध्यक्ष डि.आर. चौधरीले बताएका छन ।   

प्रतिकृया दिनुहोस