ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गियर चेन्ज गरेपछि बल्ल सरकारको कामले पिकअप लिने बताए । 
उनले मुलुक यतिेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने, “यतिमात्रै होइन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं । यतिब्ेला ज्यादै नै महत्वपूर्ण र सकारात्मक परिस्थिति सिर्जना भएको छ । विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपथ्र्यो, त्यति हुन सकेन ।” अब सरकारले अलिकति पिकअप, गियर बढाउनुपर्ने उनको सुझाव छ । उनले भने, “सरकारले अब गियर चेन्ज गरेर तिव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको लागि म आग्रह गर्दछु ।”

प्रतिकृया दिनुहोस