महिलाहरुले बनाएको काठेपुलबाटै दैनिक दुई हजार अम्दानी

रेडीयो कैलाली , २४ असोज सुखड, 

कैलारी गाउँपालिका वडा नं. ७ विपतपुर मुक्त कमैया शिविरका महिलाहरुले निर्माणधिन हुलाकी राजमार्ग भित्र काठपुल बनाएर आम्दानीको स्रोत बढाएका छन् । राजमार्गमा निर्माण हुदै गरेको पुलको छेउमा काठेपुल बनाएर आवत जावज गर्ने मोटरसाईकलबाट लेबी उठाई राम्रो पैसा कमाईरहेको सखी महिला समुहका सचिब कृष्णी चौधरी बताएकी छन ।  पुल तरेबाफत रेबी स्वरुप प्रति मोटर साईकल रु २० रुपैया लिने गरेको बताउदै प्रति दिन १८ सय देखि २ हजार सम्मको रकम संकलन गर्ने उनले बताईन ।  लेबी उठाउनमा प्रत्येक सदस्यले एक/एक दिन आलोपालो गर्ने नियम बनाएको बताउदै चौधरीले भनिन् लेबीबाट आएको पैसाले समुह भित्रकै सदस्यहरु आलोपालो सस्तो व्याजमा ऋण निकाल्ने बताईन् । पछिल्लो अवस्थामा गाउँको सडकको विकास निर्माण हुदैगर्दा सोही क्षेत्रमा बसोबास गर्ने महिलाहरुको दिनप्रतिदिन जीवनशैली परिवर्तन हुदैगईरहेको छ । हिजोका दिनमा घरको काममा सिमित महिलाहरु आजभोली आम्दानीका स्रोतहरु पहिचान गर्दै आर्थिक आयआर्जनमा गति बढाएको उदाहरण यो समुहले प्रष्टाएको छ ।

प्रतिकृया दिनुहोस