बिद्यालयको दशैँ मिलन तथा शुभकामना आदनप्रदान

लोक बहादुर देउबा, २४ कैलाली

लम्की चुहा नगरपालिका वडा ६ वावनपुरमा रहेको चम्किलो तारा प्राथामिक बिद्यालयमा नेपालीहरुको महान चाँड वडा दशैं तथा शुभ दिपावलीको पावन अवसर पारेर दशैँ मिलन तथा शुभकामना आदनप्रदान र सांस्कृतिक कार्यक्रम गरिएको छ  । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढक बहादुर बिककोे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्की चुहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगर रहेका थिए ।  भने बिशिष्ट अतिथिमा चुहा स्रोत केन्द्रका स्रोत व्यक्ति टिकाराम जोशी, वडा नम्बर ६ का वडा सदस्य प्रबल रोकाया, जमान सिहं देउबा,रहेका थिए । कार्यक्रममा बिद्यालयका सम्पुर्ण शिक्षक, शिक्षका, शिक्षक अभिभावक सघंंका अध्यक्ष शेर बहादुर बिस्ट, बिद्यालय व्यवस्थापन समितिका सम्पुर्ण सदस्यहरु ,अभिभावक,पत्रकार, समाजसेबी,बुद्धिजिवी लगायतकाको सहभागीता रहेको थियो । कार्यक्रममा बिद्यालयका सम्पुर्ण बिधार्थीहरुले आफु भित्र रहेका प्रतिभाहरुका साथै सांस्कृतिक झाँकी झल्कने झाँकीहरु समेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस