सुखडमा मा जारी खुल्ला फुटबल खेलमा बुधबार तिन खेल मात्र सम्पन्न

बिरेन्द्र शाह २४ असोज सुखड
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा जारी खुल्ला फुटबल खेल प्रतियोगितामा बुधबार  ३  खेल सम्पन्न भएका छन । बुधबार  बिहान भएको निर्मल कटेज गु्रप हरिनगर र प्रगतिशिल नेपाल युवा क्वल “बि”सुखड बिच भएको खेलमा प्रगतिशिल नेपाल युवा क्वल “बि”सुखड १ गोल अन्तरले बिजेता भएको छ ।त्यसै गरी साहारा युवा क्वल पहलमानपुर “बि” र सिता कुण्ड युवा क्वल गैडाखेडा बिच भएको खेलमा सिता कुण्ड युवा क्वल गैडाखेडा १ गोल अन्तरले बिजेता भएको छ । बुधबार को अन्तिम खेलमा आ.ए युवा क्वल देउकलिया र होटल ओयल रेस्टुरेष्ट एण्ड वाशिष्ट भालुफाटा बिच भएको खेलमा आ.ए युवा क्वल देउकलिया शुन्ना का बिरुद्ध ८ गोल अन्तरले बिजेता भएको छ ।खुल्ला फुटबल खेल प्रतियोगिता घोडाघोडी नगरपालिका १ घोडाघोडा बहुमुखी क्याम्पसको खेल मैदानमा भईरहेको छ । सोमबार बाट सुरु भएको फुटबल खेलमा १५ ओटा टिम रहेको बताईको छ ।खुल्ला फुटबल खेल प्रतियोगितामा प्रथम हुने टिमलाई २७ हजार र द्धितृय हुने टिमलाई १३ हजार पुरुस्कार दिईने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस