कैलालीको बर्दगोरीया गाउपालिका ३ मा धार्मिक महायज्ञ सुरु

रेडीयो कैलाली, २४ असोज सुखड,

कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. ३ मा रहेको जगदम्भिके भगवति मा विमा आज बाट धार्मिक महायज्ञ सुरु भएको छ । जगदम्भिके भगवति मा विको आयोजनामा भएको उक्त महायज्ञको आज एक कार्यक्रमका विच सुदुरपश्चिमका सामाजिक विकास मन्त्री दिर्घ सोडारीले उदघाटन गरेका छन । उदघाटन गर्दै सोडारीले उक्त विद्यालयलाई कक्षा १२ सम्म चलाउनका लागी प्रदेश सरकारले सहयोग गर्ने बताए । मन्त्री सोडारीले गाउपालिककाले विद्यालयमा डिपीआर तयार गरे प्रदेश सरकारले १२ कोठे भवन निर्माण गर्ने  बताउदै अहिलेलाई प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत विद्यालयका लागि २० लाख सहयोग गर्ने र स्वास्थ्य ईकाई स्थापनाका लागी १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । मन्त्रि सोडारीले हाम्रो समाजमा अहिले करीती ,कुसंस्कार,महिला हिंसा जस्ता जघन्य अपराध बढी रहेका बेला महिला हरुले नै आफनो आत्मरक्षाका लागी लढनुपर्ने बताउदै त्यस्ता अपराधि विरुद्ध सवै एक जुट भएर आग्रह गरेका छन ।

यायज्ञ मुल आयोजक समितिका महासचिव नेत्र खडकाले स्वागत गरेको कार्यक्रममा कैलाली क्षेत्र नं. २ प्रदेश सभा सदस्य नन्द बहादुर साउद, बर्दगोरीया गाउपालिका उपाध्यक्ष भगवति डगौरा थारु, कैलाली उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कर्ण कुँवर, कथा बाचक पुज्य गरु श्री किसोर सरण महाराज, नेकपाका नेता दिल बहादुर विक, जगत साउद, नेपाली काङग्रेसका बर्दगोरीया सभापति गणेश शाही, राप्रपाका अध्यक्ष मित्र बहादुर घर्तिमगर, जनमोर्चाका रुपा आलेमगर, बर्दगोरीया गाउपालिका वडा नं. ३ का अध्यक्ष करने सुनार, ४ का अध्यक्ष पुरन सिंह विसी लगाएतका अतिथि रहेका थिए । मयायज्ञ मुल आयोजक समितिका सह सचिव शिवराज गौतमले संचालन गरेको कार्यक्रममा विभिन्न झाकि समेत प्रस्तुत गरीएको थियो ।

प्रतिकृया दिनुहोस