बर्दगोरीय गाउपालिका द्धारा सहारा घरलाई सहयोग

रेडीयो कैलाली, २४ असोज सुखड,
बर्दगोरीय गाउपालिकाले बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको सहारा घरमा सहयोग गरेको छ । आज एक कार्यक्रमका विच गाउपालिकाका अध्यक्ष बलीराम चौधरी ,वडा नं. ५ की अध्यक्ष श्याम कुमारी चौधरी र लेखा अधिकृत कमल राज जोशिको उपस्थितिमा  २ थान साईकल, ५० किलो चामल, ५० किलो आलु नुन,तले, मसाला लगाएतका सामान सहयोग गरेको हो । सहयोग गर्दै अध्यक्ष चौधरीले आफुले यस सहारा घरमा रहेका असायहरुको लागी सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । यसै गरी आज नै घोडाघोडी अस्पतालले पनि सहारा घरमा सहयोग गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी सहयोग गरेको घोडाघोडी अस्पतालका संचालक विष्णु सापकोटाले जानकारी दिएका छन । आज विश्व मानसिक दिवसको अवसरमा घोडाघोडी अस्पतालले सहारा घरमा रहेका मानसिक रोगीहरुको चेकजाँच समेत गरेको छ । सहारा घरमा रहेकाहरुलाई नेपालगञ्ज मेडिकल कलेजका नशा तथा मानसिक रोग विशेषक डाक्टर मोहन बेलबासेले चेक जाच गरेका छन साथै अस्पतालले औषधि पनि वितरण गरेको छ ।

प्रतिकृया दिनुहोस