चाड पर्वको समयमा हुने अपराधिक र उत्श्रृङखल गतिबिधीलाई नियन्त्रण गर्न सुखडमा विषेश सुरक्षा योजना लागु


जिवन बिष्ट 24 सुखड 
ईलाका प्रहरी कार्यालय सुखडले चाडपर्वको समयमा हुन सक्ने अपराधिक र उत्श्रृङखल गतिबिधीलाई नियन्त्रण गर्न विषेश सुरक्षा योजना लागू गरेको छ । दशै, तिहार र छठ पर्वलाई मध्य नजर गर्दै बिशेष सुरक्षा योजना लागु गरिएको छ ।प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक यक्षराज जोशीका अनुसार भिडभाड हुने ठाउँ, मनमन्दिर र इकाका भित्रका साडेपानी,सुखड,घोडाघोडी डोके बजार,पहलमानपुर बजार क्षेत्रमा विशेष सुरक्षा योजना लागू गरिएको छ । ति ठाउँमा प्रहरीको गस्ती, मोवाइल गस्ती मोटरसाइकल गस्ती पिकेट डिउटी र शादा पोशाकमा प्रहरी परिचालन गरिएको उहाले बताउनु भयो । नागरिकलाई सुरक्षित गराउने उदेश्यले यो सुरक्षा योजना लागु गरेको उहाले बताउनु भयो ।आफ्नो इलाका क्षेत्रमा सुरक्षा अवस्था मजवुत रहेकाले चाडपर्वको समयमा कुनै पनी किसीमका अप्रिय घटना नघट्ने दावी गर्नु भएको छ ।प्रहरीले मन्दिर, खसी बजार, दशैं तिहारको बजार, भईचम्पा, आतिसवाजी र पटका नियन्त्रणका लागि निगरानी बढाउने भएको छ । यसैगरी खाद्य पदार्थमा अखाद्य वस्तुको मिसावट तथा कालो बजारी नियन्त्रण गर्ने, खाली घर सँगै सरकारी कार्यालयको सुरक्षा, बैंक बित्तिय संस्था एंव सुनचाँदी पसलको सुरक्षाका लागि बिशेष सुरक्षा योजना लागु गरिएको समेत प्रहरी निरिक्षक यक्षराज जोशीले  जानकारी दिनु भयो ।यसैगरी मादक पदार्थ सेवन गरि सवारी चलाउनेको बिशेष जाँच, गुण्डागर्दी नियन्त्रण तर्फ बिशेष निगरानी, उपहार तथा चिठ्ठाको नाउँमा हुने ठगी नियन्त्रण र अन्य कुनै पनि प्रकारका अपराधिक कार्य नियन्त्रण एंव अनुसन्धानमा प्रहरी व्यापाकरुपमा परिचालन हुने उहाको भनाई छ ।

प्रतिकृया दिनुहोस