कानुनको अज्ञानता क्षम्मे हुदैन : आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाह

जिवन बिष्ट सुखड,असोज २५ सुखड
सुदुरपश्चीम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले  कानुनले कसैलाई पनी क्षमा नदिने बताउनु भएको छ । सुदुरपश्चीम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कैलालीको घोडाघोडी नगरपालीकामा आयोजित स्थानिय तहमा कानुन निमार्ण प्रक्रिया सम्वन्धी गोष्ठीलाई सम्वोधन गर्दै मन्त्री शाहले कानुनको अज्ञानता क्षम्मे नहुने बताउनु भएको हो ।


मन्त्री शाहले स्थानियतहका जनप्रतिनिधीहरुले कानुन जान्न नितान्त आवश्य रहेको बताउनु भएको छ ।जनता सँग प्रत्यक्ष सरोकार राख्ने सरकार स्थानिय सरकार भएकाले कानुन सम्वन्धी ज्ञान प्रदान गर्न मन्त्रालयले पहल गरीरहेको उहाले बताउनु भयो ।देशमा लामो संघर्ष पछी तिन तहको सरकार तयार भएको बताउदै उहाले तिनै तहको सरकार मध्ये जनता सँग भिजेको स्थानिय सरकार बलियो बन्न कानुनको ज्ञान हुन जरुरी रहेको दावी गर्नु भयो ।स्थानिय सरकार वलियो वन्न सकेमात्रै  प्रदेश सरकार र संघिय सरकार बलियो वन्ने धारणा उहाको छ ।


प्रदेश र संघिय सरकार सँग नबाझिने गरी कानुन बनाउन स्थानिय सरकार सँग उहाले आग्रह गर्नु भयो ।प्रत्येक स्थानिय तहका न्यायिक समितीमा कानुन अधिकृत राख्न सक्ने व्यवस्था प्रदेश सभा बाट पारित भएको उहाले बताउनु भयो ।प्रदेश भित्रका कानुनी अप्ठारा हटाउन प्रदेश सभाबाट प्रशासकिय कार्यविधी ऐन पारीत भए सँगै कानुन निमार्ण गर्न बाटो खुलेको दावी गर्नु भयो ।


कार्यक्रममा बोल्दै प्रदेश सभा सदश्य अमर बहादुर साउदले उल्टो तरिकाले तिनै तहको सरकार निमार्ण भएकाले कानुन एक आपसमा बाझिन गएको बताउनु भएको छ ।स्थानिय तहका गतिवीधी सञ्चालन गर्न कानुनको आवश्यकता पर्ने उहाको भनाई छ ।स्थानिय तहमा निमाण भएका कानुन संसोधन गर्न स्थानिय तहमा कानुन निमार्ण प्रक्रिया सम्वन्धी गोष्ठीले मदत पुग्ने उहाले बिश्वास व्यक्त गर्नु भयो ।


यस्तै कार्यक्रममा बोल्दै घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरीले एक वर्षको अवधीमा नगरपालीकामा विभीन्न कानुन निमार्ण भए पनी प्रदेस सरकार सँग बाझिएको हुन सक्ने बताउनु भयो ।दुई चार जना बिज्ञहरुलाई राखेर केही दिनमै सबै कानुन निमार्ण गर्न सकिने भए पनी त्यो व्यवहारीक नबन्ने उहाको भनाई छ ।कानुनले व्यवहारमा गाठो पार्ने नभइ गाठो फुकाउने भएकाले स्थानिय तहको आवश्यकता वस्तु स्तीथीको अध्यान गरी कानुन बनाइनु पर्नेमा उहाले जोड दिनु भयो ।


स्थानिय तहमा कानुन निमार्ण प्रक्रिया सम्वन्धी गोष्ठीमा कानुन निमार्ण प्रक्रिया, स्थानिय तहमा कानुन बनाउने सम्वन्धी सवैधानीक तथा कानुनि आधार,कानुन निमार्ण गर्दा अवलम्वन गर्नु पर्ने तथ्य र प्रक्रिया तथा अवधारणाका वारेका छलफल भएको छ । गोष्ठीको सहजीकरण सुदुरपश्चीम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव संकर अर्यालले गर्नु भएको छ ।
 

प्रतिकृया दिनुहोस