मंसिर १ बाट काम थाल्ने सहमति पछि घोडाघोडी बिद्युत सहकारी संस्थामा लागेको ताला ३ दिन पछि खोलियो

 

वीरेन्द्र शाह सुखड २५ असोज

घोडाघोडी बिद्युत सहकारी संस्थामा लागेको ताला ३ दिन पछि खोलिएको छ । संस्थाका पधाधिकारी र स्थानियहरु बिच बुधबार राति भएको छलफलमा मसिंर १ गते बाट काम थाल्ने सहमति भए पछि संस्थामा लागेको ताला ३ दिन पछि खोलिएको हो । बिद्युत नपुगेको ठाउँमा चैत्र भित्र सबै ठाउँमा जसरी नि बिद्युत बाल्ने घोडाघोडी बिद्युत सहकारी संस्थाले जनाएको छ । अहिले बिभिन्न ठाउँमा पोल खसाल्ने काम भएको संस्थाले बताएको छ । घोडाघोडी बिद्युत सहकारी संस्थाले साविकको रामशिखरझाला गाविसको प्रत्येक वडामा बिजुली पुर्याउने भन्दै ६ बर्ष अगाढी रुपैया उठाए पनी अझै बिजुली पुर्याउन नसकेको भन्दै स्थानिय आक्रोसित बनेका थिए । घोडाघोडी बिद्युत सहकारी संस्था लिमीटेडले घोडाघोडी नगरपालीका वडा नम्वर ४,५र९ नम्वर वडामा बिजुली बत्ती जडान गर्ने प्रतिवद्धता जनाएपनी छ वर्ष सम्म  बिजुली वत्ती जडान हुन नसकेपछी स्थानियहरुले घोडाघोडी बिद्युत सहकारी संस्था लिमिटेडको कार्यालयमा असोज २३ गते ताला लगाएका थिए ।

प्रतिकृया दिनुहोस