अत्तरियामा मोटरसाईकल दुर्घटना हुदा २ जनाको मुत्यु

धनगढी, २५ असोज

पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत गोदावरी नगरपालीकाको अत्तरीया वनखेतमा आज दिउँसो वस र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर घाइते भएका मोटरसाइकलमा सवार दुवैजनाको मृत्यू भएको छ ।दुर्घटनामा गोदावरी नगरपालीका– ६ बस्ने मोटरसाइकल चालक २८ वर्षिय हेमन्त साउद र त्यसमा सवार सोहि ठाउँका २६ वर्षिय विक्रम खड्काको मृत्यू भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । दुर्घटना लगत्तै दुवै जनालाई पदमा अस्पतालमा सामान्य उपचार पछि भारतको वरेली लैजाने क्रममा वाटेमा मृत्यू भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव पोष्टमार्टुमका लागी सेती अञ्चल अस्पताल ल्याइएको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ५ ख ८०४९ नम्वरको वस र  विपरित दिशावाट जाँदै गरेको से ५ प ७५३६ नम्वरको पल्सर मोटरसाइकल वनखेतमा एकआपसमा ठोक्किएको हो । बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस