सुखडमा मा जारी खुल्ला फुटबल खेलमा बिहबार तिन खेल सम्पन्न

बिरेन्द्र शाह २५ असोज
सुखडमा जारी खुल्ला फुटबल खेल प्रतियोगितामा बिहबार  ३ ओटा खेल सम्पन्न भएका छन । बिहबार  बिहान भएको शिवशक्ति युवा क्वल सुखड र प्रगतिशिल नेपाल युवा क्वल “सि”सुखड बिच भएको खेलमा प्रगतिशिल नेपाल युवा क्वल “सि”सुखड ४ शुन्यले बिजेता भएको छ ।त्यसै गरी जोन स्टार युवा क्वल कलुवापुर र प्रगतिशिल नेपाल युवा क्वल “ए” भएको खेलमा  प्रगतिशिल नेपाल युवा क्वल “ए” १ का बिरुद्ध ३ गोलले बिजेता भएको छ ।बिहबार को अन्तिम खेलमा साहारा युवा क्वल “ए” पहलमानपुर र घोडाघोडी युवा क्वल सुखड बिच भनिएको खेलमा साहारा युवा क्वल “ए” पहलमानपुर उपस्ति नभए पछि घोडाघोडी युवा क्वल सुखड बिजेता घोषणा गरीएको छ ।खुल्ला फुटबल खेल प्रतियोगिता घोडाघोडी नगरपालिका १ घोडाघोडा बहुमुखी क्याम्पसको खेल मैदानमा भईरहेको छ । सोमबार बाट सुरु भएको फुटबल खेलमा १५ ओटा टिम रहेको बताईको छ ।खुल्ला फुटबल खेल प्रतियोगितामा प्रथम हुने टिमलाई २७ हजार र द्धितृय हुने टिमलाई १३ हजार पुरुस्कार दिईने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस