घोडाघोडी नगरपालीका ९ मा लगाईएको ताला खुल्यो  

लोकू सिंह ठकुरी, २६ असोज सुखड
कैलालीको घोडाघोडी नगरपालीका ९ रतीपुरमा असोज  २२ गते देखी लगाईएको ताला शुक्रवार खुलेको छ ।  केही वर्ष पहिले निर्माण गरीएको पुलको रकम निकासा नहुदा शिवगंगा पक्की पुल निर्माण उपभोक्ता समिति र स्थानीयहरुको सयुक्त भेलाले प्रेष विज्ञप्ति जारी गर्दै वडा कार्यालयमा ताला लगाएका थिए । पिडीत पक्ष र सरोकारवाला निकाय बिच शुक्रवार बसेको बैठकले प्रक्रियागत ढंगबाट उक्त समस्यालाई नगरपालिका सम्म लैजाने र रकम निकासामा सहजिकरण गर्ने सहमती भएपछी ताला खोलेको शिवगंगा पक्की पुल निमार्ण उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिए । २०७४ जेठ १६ गते उपभोक्ता समिती मार्फत ३५ लाख ९८ हजारमा पुल निमार्णको सम्झौता बमोजिम पुल असार मसान्तमै पुल निमार्ण सम्पन्न भए पनी साउन १९ गतेको बाढीले पुलको एउटा पिल्लर भत्काए पछी रकम निकासामा विवाद आएको थियो । पुल निमार्ण बाफत उपभोक्ता समितीले १९ लाख पाए पनी अझै करिव १६ लाख भुक्तानी गर्न बाकी रहेको शिव गंगा पक्की पुल निमार्ण उपभोक्ता समिती अध्यक्ष लोकेन्द्र शाहीले बताएका छन । 

 

प्रतिकृया दिनुहोस