प्रतिवेदन बुझाउनु अघि कञ्चनपुर पुगे एअार्इजी बस्न्यात

६ असोज, कञ्चनपुर ।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानमा देखिएको लापरबाही छानबिन गर्न गठित समितिका संयोजक प्रहरी अतिक्ति महानिरीक्षक (एअार्इजी) धिरु बस्न्त्यात कञ्चनपुर पुगेका छन् ।समितिले प्रतिवेदन बुझाउनुअघि एक पटक स्थलगत अध्ययनका लागि उनी कञ्चनपुर पुगेका हुन् ।कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा प्रहरीकै लापरबाही देखिएको भन्दै चौतर्फी विरोध भएपछि प्रहरीले बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।समिति गठन हुँदा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका बस्न्त्यातपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए ।

 

 

प्रतिकृया दिनुहोस