सिता कुण्ड पर्यटकिय क्षेत्र बन्दै : वडा अध्यक्ष टेक बहादुर बुढा


वीरेन्द्र शाह २६ सुखड
गत आर्थिक वर्षमा आफनो वडामा ७० प्रतिशत बिकास निमार्णका कामहरु सम्पन्न भएको कैलालीको  घोडाघोडी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर बुढाले बताउनु भएको छ ।  रेडियो कैलाली सगँ कुरा गदै उहाँले मानिसलाई दैनिक आवत जावत गर्ने बाटो भएकाले बाटोे फराकिलो,ग्रावेल हाल्ने काम देखी बाटो स्तर उन्नती हुने काम गरेको उहाँको दाबि छ ।चैत्र भित्र आफनो वडामा बिद्युत जसरी भए पनि पुगाउने आफ्नो लक्ष्य रहेको बताउनु भयो । बिद्युुत बाल्नको लागी आफुले घोडाघोडी बिद्युत सहकारी संस्थालाई झकझक्याउने काम गरीरहेको बताउदै उहाँले जनताले ६ वर्ष कुरेको हुदा अब ६ महिना मात्र पर्खिन त्यहाका जनतालाई आग्रह गर्नु भयो । सिता कुण्डलाई पर्यटकिय क्षेत्र बनाउनको लागी बिभिन्न काम भएको उहाँले बताउनु भयो । सिता कुण्ड वरीपरि तार बार लागउने काम भएकोे बताउदै उहाँले सिता कुण्डलाई पर्वधन गर्नको लागी अब चाडै वृहत छलफल गर्ने योजना आफुको रहेको घोडाघोडी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर बुढाको भनाई थियो । 

प्रतिकृया दिनुहोस