सुपर ग्लु लिएर आए गायक हेमराज थापा 

बिरेन्द्र शाह, २७ असोज सुखड 
गायक हेमराज थापा (बाबुराजा) ले बिल्कुलै फरक खालको नया गित सुपर ग्लु सांगितीक बजारमा लिएर आएका छन । हेमराज थापा (बाबुराजा) र तृप्ती खडकाले स्वर भरेको गितका सर्जक भने संचारकर्मी लोकू सिंह ठकुरी हुन । गितमा रिमिक्स भने टेकेन्द्र रोकायाले भरेका छन । साचो माया र प्रेम सुपर ग्लु जस्तै मजबुत र बलियो हुनु पर्छ  र बनाईनु पर्छ भन्ने कुरालाई गित मार्फत दर्शक स्रोताको माझ दर्शाउन खोजिएको सर्जक ठकुरी बताउछन । आफनो सृजनालाई मन पराएर सहकार्य गर्ने गायक थापालाई पनी उनले धन्यबाद नदिईरहन सकेनन ।

तपाईको सहकार्य गायक थापा संग मात्रै किन ? भन्ने हाम्रो प्रश्नमा उनले भने...... “हैन सहकार्य सबै संग गरेको छु । गायक राजेन्द्र बिष्ट, सज्जन धामी लगायत अन्य गायकहरु संग पनि सहकार्य गरेको छु तर अल्ली बढी हेमराज जी संग भएको छ । साहेद मेरा सृजनाहरु उहालाई अल्ली बढी मन पर्छ होला र मलाई पनी उहा संग सहकार्य गर्दा छुट्टै आनन्द लाग्छ । सबै भन्दा बढी उहा संग मन र बिचार मिल्ने भएर होकी !” गायक थापा संगको सहकार्यमा ठकुरीका आउन माया घुम्नलाई धनगढी, ललीपप, बसाई सरेपछी लागायतका गितहरु सांगितीक बजारमा आईसकेका छन । अब चाडै सासु भन्या हु बोलको गित सार्वजनिक हुने उनले जानकारी दिए ।   
 

प्रतिकृया दिनुहोस