अर्थ व्यवसाय सुनको मूल्य वर्षकै उच्च, प्रतितोला ६० हजार ४ सय रुपैयाँ

 कार्तिक ८ बिहीबार काठमाडौं

बिहीबार नेपाली बजारमा सुन मूल्य ६० हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको छ । बुधबारभन्दा ३ सय रुपैयाँले बढेर सुनले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य भने ६० हजार १ सय रुपैयाँ प्रतितोला रहेको छ । सुनको मूल्यले २०६९ सालमा ६३ हजार ३ सय रुपैयाँ प्रतितोलासहित उच्च बिन्दु कायम गरेको थियो । यसदिन बजारमा चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस