जापानले एक अर्ब ८५ करोड अनुदान सहयोग गर्ने

कात्तिक ८,काठमाडौं

जापानले विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब ८५ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदूत मिसामिची साईगोबीच विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई उपलब्ध गराईने सो आर्थिक सहायतासम्बन्धि सम्झौंता पत्रमा बिहिबार हस्ताक्षर भएको हो। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गरिएको सम्झौंता अनुसार आगामी सन् २०२० भित्र विपी राजमार्गको १ सय ६० किलोमिटर भित्रको २० ठाउँमा भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण सम्पन्न गर्नुपर्नेछ। सन् २०२० भित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी जापान सरकारले विपी राजमार्ग पुनर्निर्माणका लागि सो अनुदान सहायता उपलब्ध गराउने भएको अर्थ सचिव डा. खनालले जानकारी दिए। कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत साईगोले नेपालको कृषि, पर्यटन र विद्यालय तहको बालबालिकाको पठनपाठनलाई सहज बनाउन विपी राजमार्ग पुनर्निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताए। उनले नेपालको आर्थिक विकासमा जापान सरकारले आवश्यक सहयोग उपलब्ध गराउँदै जाने प्रतिवद्धता पनि व्यक्त गरे। २०७२ सालमा आएको विनाशकारी भूकम्पले सो राजमार्ग अन्तरगत २० वटा ठाउँ भाँसिएको थियो । जापान सरकारकै आर्थिक सहायतामा निर्माण गरिएको सो राजमार्ग २०७१ सालदेखि संचालनमा आएको थियो।

प्रतिकृया दिनुहोस