सुन चाँदीको भाउ घट्यो

कात्तिक ९ शुक्रबार काठमाडौं

 सुन चाँदीको भाउ शुक्रबार घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो । सुन बिहीबार भाउ बढेर ६ वर्ष यताकै महंगो तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको भाउ पनि घटेको छ  बिहीबार स्थीर रहेको चाँदीको भाउ शुक्रबार तोलामा ५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस