राष्ट्रिय मा. बि. सुखडको सपिङ्ग कम्प्लेक्सको २ वर्ष सम्मको भाडा र्तिन ब्यपारीहरु द्ररा आनाकानी ।

खबर सम्बादाता १६ कार्तिक सुखड 
कैलालीको घोडाघोडी नगरपालीकामा रहेको राष्ट्रिय माध्यामिक बिधालय सुखडको  सपिङ्ग कम्प्लेक्समा व्यापार गरी रहेका व्यपारीहरले २ वर्ष सम्मको भाडा बिद्यालय प्रशासनलाई बुझाएका छैनन् । विगत २ वर्ष सम्म व्यापारीहरुले भाडा नबुझाउदा पनी बिद्यालय प्रशासनले कुनै चासो देखाएको छैन् । सपिङ्ग कम्प्लेक्स नजिकैका पसल हरुले महिनामा करिव ५ हजार देखी १५ हजार भाडा बुझाइरहेका छन् । तर बिद्यालयको हाता भित्रको सपिङ्ग कम्प्लेक्सका व्यापारीहरुले भने १६०० भाडा पनी बुझाउन अटेरी गरिरहेको पाईएको छ । बिद्यालय प्रसाशन र व्यापारिहरुकोे मिलेमतोमा लाखौ रकम दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी हाल्ने तयारी भएको श्रोतले जनाएको छ । राष्ट्रिय मा. वि. सुख्खड को सपिङ्ग कम्प्लेक्स को ३१ महिना सम्म को भाडा नतिरी व्यापारीहरुले दादागिरी देखाएको र बिद्यालय प्रशासन पनी कानमा तेल हालेर वसकाले प्रशासन कार्यालयमा उजुरी हाल्ने तयारी भइरहेको घोडाघोडी बहुमुखी क्याम्पस पूर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भटराईले बताउनु भयो ।   

प्रतिकृया दिनुहोस