चिनि  ६८ रुपैंया प्रतिकेजि मुल्य कायम 

कार्तिक १७ 
साल्ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनिको नयाँ मुल्य कायम गरेको छ । कर्पोरेशनले ६८ रुपैंया प्रतिकेजि मुल्य कायम गरेको हो । मुल्य तोकिएसंगै कर्पोरेशनले संचालन गरेको सुपथ मुल्य पसलवाट उपभोक्ताले चिनि किन्न पाउने साल्ट्रेडिङ कर्पोरेशन लिमिटेड क्षेत्रिय कार्यालय धनगढीका प्रमुख सहायक महाप्रवन्धक केशव प्रशाद पाण्डेले जानकारी दिनुभयो ।सुदूरपश्चिम प्रदेशमा दशैं तिहार तथा छठ पर्वलाइ खोलिएका ७ वटा सुपथ मुल्य पसलवाट एकजनाले ६ केजि सम्म चिनि किन्न पाउने उहाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस