सरकारी कागजात किर्ते गर्नेलाई ४ करोड जरिवाना सहित एकवर्ष कैद

कार्तिक १७,कञ्चनपुर 
सरकारी कागजात किर्ते प्रकरणको मुद्दामा दोषी ठहर भएकालाई जिल्ला अदालत कञ्चनपुरले तीन करोड ९० लाख ४० हजार जरिवानासहित एक एक वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले सरकारी छाप दस्तकत किर्ते प्रकरणको मुद्दाको फैसला गरेका हुन् । सरकारी वकिल कार्यालयले किर्ते र भन्सार चोरी पैठारी गरेको आरोपमा गोकुलप्रसाद श्रेष्ठ, दिनेश बम र तत्कालीन यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुख हेमन्त सिंह लगायतका ९ जनाविरुद्धमा जिल्ला आदालतमा मुद्दा दायर गरेको थियो । सरकारी छाप दस्तखत किर्ते गर्ने र भन्सारी चोरी पैठारीका मुख्य अभियुक्त गोकुलप्रसाद श्रेष्ठ र दिनेश बमलाई जनही एक करोड ९५ लाख, ३० हजार जरिवाना र एकरएक वर्ष कैद फैसला गरिएको छ । श्रेष्ठ र बमलाई मुलुक ऐन किर्ते कागजात (७) नम्बर बमोजिम जरिवाना र सोही महल १२ बमोजिम कैद फैसला गरिएको छ ।

प्रतिकृया दिनुहोस