ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

कात्तिक १७, 
डडेल्धुरा – डडेल्धुरामा ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ । 

भागेश्वर गाउँपालिका –२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा परेर मृत्यु भएको हो । 

से १ त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस