घरेलु टोली पोखरा फाइनलमा काठमाडौं र चितवन प्ले अफमा

पोखरा १७कात्तिक

घरेलु टोली पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पीपीएल अन्तरगत शनिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेसँगै पोखराले लिगको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको हो । पोखराले नेट रनरेटमा चितवन राइनोज र काठमाडौं रोयल्सलाई पछि पारेको थियो । नेट रन रेटमै पछि पर्दै धनगढी ब्लुज प्रतियोगिताको लिग चरणबाटै बाहिरिन बाध्य बन्यो । पोखरा, चितवन, काठमाडौ र धनगढीको समान ५ खेलबाट ६ अंक रहेको थियो । बुटवल र धनगढीले समान ४ अंक जोडे ।काठमाडौंको दिएको १ सय ४ रनको सामान्य लक्ष्य पोखराले १५ ओभर ५ बलमा ६ विकेट गुमाउँदै जित हात पा¥यो । पोखराका लागि मोहमद नविदले सर्वाधिक ३६ रन जोडे । उनले १५ बलको सामना गर्दै ५ छक्का प्रहार गरे । अमरसिंह राउटेलाको १६औं ओभरको सुरुवाती तीन बलमा नाभिदले लगातार ३ छक्का प्रहार गरेका थिए । रोहित कुमार पौडेलले पनि नटआउट १५ रनको योगदान दिए । रवी इन्दर सिंहले २२ रन जोडे । ओपनर कुशल भुर्तेलले १४ तथा आसिफ शेखले १६ रन जोडे । अमरसिंह राउटेलाले ३ तथा सुशन भारी, नन्दन यादव र पवन सर्राफले १(१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं १९ ओभर १ बलमा १ सय ३ रनमा अलआउट भएको थियो । खराव शुरुवात गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए । मल्लले २८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर अमित श्रेष्ठले १७ बलमा ३ चौका र १ छक्काको मद्दतमा २१ रन जोडे । पवन सर्राफ १२ तथा नरेश बुढाएर ६ रनमा पेभेलियन फर्किए । बसन्त रेग्मी १९ रनमा नटआउट रहे ।
काठमाडौंले १३ रन जोड्दा पहिलो विकेटको रुपमा जयकिसन कोल्सावालालाई शुन्यमा गुमाएको थियो । त्यसपछि गौरव तोमर पनि शुन्यमै आउट भए । दुवै विकेट मोहम्मद नाभिदले हात पारेका थिए । आदिल खान ७ रनमा रन आउटको शिकार भए । कसिलो बलिङ गरेका मोहम्मद नाभिदले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चदै २ विकेट लिए । ललित नारायण राजवंशीले ३ विकेट लिए । रसिद खानले २ तथा विक्रम भुषालले १ विकेट लिए । पोखराका मोहम्मद नाभिद खेलको म्यान अफ दि म्याच घोषित हुदै १० हजार रुपैया प्राप्त गरे ।

 

प्रतिकृया दिनुहोस