निर्मलाकाे हत्यारा जतिसुकै शक्तिशाली भएपनि कारबाही हुनुपर्छ : रावल

 खबर संबाददाता सुखड १८ कात्तिक धनगढी ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले बलात्कारपछि हत्या गरिएको घटना छानविनको लागि सरकारले सबै भन्दा बढि चासो दिएको बताएका छन् ।नेपाल राष्ट्रिय शिक्षक संगठनले आइतबार धनगढीमा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता रावलले निर्मलाको हत्यारा जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कारबाही हुनु पर्ने बताए ।डिआइजीको नेतृत्वमा छानविन समिति गठन गर्ने, शंकास्पद व्यक्तिको डिएनए जाँच गर्ने, प्रहरी अधिकृतलाई कारबाही गर्ने लगायतको काम सरकारले निर्मला हत्याकाण्ड छानविन गर्न तत्परता देखाएको उदाहरण रहेको उनले बताए ।सकारको विरोध गर्नका लागि मात्रै सरकारले चासो नदेखाएको भ्रम फैलाइएको बताउँदै उनले प्रतिपक्षले निर्मला हत्याकाण्डको अनुसन्धानमा बाधा ल्याउन विभिन्न प्रयास गरेको दाबी गरे ।

प्रतिकृया दिनुहोस