गाईपालनबाटै मासिक लाखौ आम्दानी ।कुराकानी सहित

लोकू सिंह ठकुरी, १८ कार्तिक सुखड
अधिकांस नेपालीहरु रोजगारीको लागी बिदेशी रहेको अवस्थामा केही नेपालीहरु भने त्यस्तो सोचलाई परित्याग गरी पशुपालन ब्यवसायमा लागेका छन । चेतनाको बिकाश संगै युवा मात्र नभएर उनका अबिभावकहरु समेत सचेत बन्न थालेका छन । कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. ५ बेलुवाका बसन्त थापाले बिदेश जाने सोच बनाएका आफनो छोरालाई स्वदेशमा बसेर केही गर्न सुझाए पछी उनी सोही ठाउमा नारायण लक्ष्मी गाई फर्म संचालन गरे । ३ वटा गाईबाट ब्यवसाय शुरु गरेका थापाको गोठमा केही वर्षको अन्तराल पछी हाल २३ वटा गाई पुगेका छन । यती मात्र नभई उनले ४ वटा भैसी र केही टर्की चरा समेत पालेका छन । धेरै गाई दुहुना हुदा दैनिक २ सय लिटर सम्म दुध बिक्रि गर्ने गरेको उनको अनुभव छ । हाल ३ वटा गाई र १ वटा भैसीको दैनिक २५ लिटर दुध बिक्रि गर्ने गरेको उनले बताए । धेरै गाईहरु दुहुनो हुदा मासिक २ लाख सम्मको दुध बिक्रि गर्ने गरेको बुवा बसन्ता थापाले बताए । उनीहरुले प्रति लिटर ४२ देखी ४५ रुपैया सम्ममा दुध बिक्रि गर्ने गरेका छन । यती मात्र नभएर ४ हजार रुपैया प्रती ट्राली गाईको गोभर समेत बिक्रि हुने गरेको छ । उनले भने..... ६ महिनामा कम्तीमा २५ ट्राली गोबर हुन्छ त्यसलाई बेचेर गाईको घासमा खर्च गर्छौ । दुधबाट आएको सबै पैसा फाईदा रकम हो । गाईको गहुतको भने अहिले ब्यवस्थापन गर्न सकेका छैनौ नत्र गहुतबाट पनी थुप्रै पैसा कमाउन सकिन्छ ।  प्राङगारीक मल तर्फ किसानको आकर्षण बढेकाले र उत्पादन पनी राम्रो हुने भएकाले गोवरको माग अत्याधिक हुने गरेको छ । शुरुवाती चरणमा केही गारो अनुभुती भएता पनी अहिले भने बसन्त थापा छोराको कामाईबाट निकै सन्तुष्ट बनेका छन । आफनो छोरा छोरीलाई रोजगारीका लागी बिदेश नपठाउन र उनीहरुलाई स्वदेशमै केही गर्ने हौसला दिन अबिभावकहरुलाई बसन्त थापाले आग्रह समेत गरेका छन । अहिले उनको यो गाई फर्म बर्दगारीया गाउपालिका मै उत्कृष्ट बनेको छ ।

यो कुराकानी पनी सुनौ 

प्रतिकृया दिनुहोस